काठमाडाैं । जीवन बीमक एलआइसी नेपालले सबै जीवित लाभ भुक्तानी(सर्भाइभल बेनिफिट) ताेकिएकै अवधि भित्र भुक्तानी गरेकाे छ। बीमकहरूले भुक्तानी गर्नुपर्ने दाबीवापतकाे रकम समयमै भुक्तानी नगरेकाे गुनासाे व्यापक आइरहेका बेला एलआइसीले ताेकिएकै अवधिमा दाबी भुक्तानी फर्छ्याैट गर्न सफलता पाएकाे हाे ।
कम्पनीले प्रकाशन गरेकाे आर्थिक वर्ष २०७७।७८ काे वार्षिक प्रतिवेदनमा बीमितले बीमा अवधि पुरा नहुँदै प्राप्त गर्ने जीवित लाभ वापतकाे रकम पूर्णरुपमा भुक्तानी गरिएकाे उल्लेख छ।
यसैगरी आ.व. २०७७/७८ मा कम्पनीले जम्मा ९५० वटा मृत्यु दाबीवापत ६५ करोड रुपैयाँ भुक्तानी गरेकाे छ । कम्पनीले स्थापना भएयता कूल ६,६५२ वटा मृत्यु दाबीवापत कूल रु. २ अर्ब ९ कराेड ३० लाख रुपैयाँ मृत्यु दाबी वापत भुक्तानी गरि सकेकाे छ। यसैगरी आव २०७७।७८ मा बीमितलाई मृत्यु दाबी, परिपक्वता, जीवित लाभ, समर्पण मूल्य र अन्य दाबीवापत ७ अर्ब ३३ कराेड ६८ लाख रूपैयाँ दाबी भुक्तानी गरेकाे छ।