IME Life
Beema Board

बीमा कम्पनीले नीति तथा कार्यक्रम पेश गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमा संचालित  सबै बीमा कम्पनीहरुले वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार पारी नेपाल बीमा प्राधिकरणमा  पेश गर्ने आज अन्तिम दिन रहेको छ।  प्राधिकरणले  ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५’ लाई संसोधन गर्दै अनिवार्य रुपमा वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार पारी पेश गर्नै  पर्ने व्यवस्था थप गरेको थियो  ।

बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी संचालक समितिबाट स्वीकृत गराउनु पर्नेछ । यसरी सञ्चालक समितिबाट स्वीकृत भएको १५ दिन भित्रमा बीमा प्राधिकरणमा पेश गर्नु पर्ने भनिएको छ ।

Prabhu
Crest

सञ्चालक समितिले बनाएको वार्षिक नीति तथा कार्यक्रम र बजेटको प्रत्येक त्रैमासिक अवधिमा समिक्षा गर्नु पर्ने  छ । यस्तो त्रैमासिक समिक्षा भएको मितिले ७ दिन भित्रमा बीमा प्राधिकरण समक्ष पेश गर्नु पर्ने छ ।

बीमा कम्पनीले वार्षिक नीति तथा कार्यक्रम र बजेट अनुसार आफुलाई सञ्चालन गर्नु पर्नेछ । जसमा क्यापिटल प्लानदेखि लिएर कर्मचारी भर्ना, नियुक्ति, बढुवाको योजना बनाउनु पर्नेछ । कम्पनीले प्रचलित निर्देशन र निर्देशिका अनुसार योजना बनाउनु पर्नेछ । कम्पनी व्यवस्थित रुपमा अगाडी बढ्न नीति तथा कार्यक्रमले मदत पुग्ने प्रधिकरणको तर्क छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS