IME Life
Beema Board

यस साता शेयर बजारमा ३७ अंकको गिरावट हुँदा कुन समूह बढ्यो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  मौद्रिक नीति आएको दिन ६३ अंक माथि बढेको बजार त्यसपछिका ४ दिन  निरन्तर घटेको छ ।  गत साता २१६३ दशमलव ९२ विन्दुमा बन्द भएको बजार यो साता २१२६ दशमलव ४८ अंकमा बन्द भएको छ । यस साता बजार ३७ दशमलव ४४ अंक (१ दशमलव ७३) प्रतिशतले घटेको छ ।

Prabhu
Crest

घटेको बजारमा १२ समुहगत परिसूचकमा गिरावट आएको छ । १२ समुहगत परिसूचकमध्ये  फाइनान्स समूह सर्वाधिक ४ दशमलव १९ प्रतीशतले घटेको छ । त्यस्तै दोश्रोमा जीवन बीमा समूह ३ दशमलव ६७ प्रतिशतले घटेको छ । यो साता अन्य परिसूचक भने बढेको छ । अन्य परिसूचकमा १ दशमलव १० प्रतिशतको वृद्धि देखिएको छ ।

लगानीकर्ताको हिसाबमा मौद्रिक नीति  सोचे जस्तो नआएपनि थोरै भए पनि सकारात्मक रहेको बुझ्न सकिन्छ । मौद्रिक नीति मार्फत ५० लाखसम्मको शेयर कर्जाको जोखिम भारलाई १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ । यस अघि २५ लाखसम्मको कर्जामा शत प्रतिशत जोखिम भार गणना हुन्थ्यो । यसरी बैंकलाई ५० लाखसम्मको शेयर कर्जा उपलब्ध गराउन केही सहज हुने देखिन्छ ।

अधिकतम १२ करोडको शेयर कर्जा सिमा र ५० लाख भन्दा माथिको कर्जाको १५० प्रतिशतकै जोखिम भार गणना हुँदा लगानीकर्ता र त्यसमा पनि ठूला लगानीकर्ताले सोचे अनुरुप मौद्रिक नीति नआएको बुझ्न सकिन्छ।  जसको कारणले लगातार ४ दिन बजारमा गिरावट आएको अनुमान लगाउन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS