IME Life
Beema Board

सिटिजन्स बैंकको नाफा १०.४१ प्रतिशतले बढ्यो, कति छ प्रति शेयर वितरणयोग्य नाफा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा १० दशमलव ४१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा पनि १३ दशमलव ४२ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

खुद नाफामा वृद्धिसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि १० दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष १४ दशमलव १२ रुपैयाँ रहेको प्रति शेयर आम्दानी  गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ दशमलव ५९ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ३ करोड रहेको छ।  यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा ७ रुपैयाँ ३० पैसा रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष २ दशमलव २२ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा ३ दशमलव १९ प्रतिशत रहेको छ ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ६ अर्ब ७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ।  प्रकाशित तथ्याङ्क अनुसार  कम्पनीको प्रति शेयर नेटवर्थ  १५० रुपैयाँ ०८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS