IME Life
Beema Board

बीमितले अनलाइन माध्यमबाटै बीमालेखमा इच्छ्याईएकाे व्यक्ति मनाेनयन गर्न सक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाै‌ं । एशियाली मुलुक सिंगापुरका बीमितले विद्युतीय सञ्चारमाध्यमबाटै बीमालेखमा इच्छ्याईएकाे व्यक्ति समावेश गर्न वा हेरफेर गर्न पाउने सुविधा प्राप्त गर्ने भएका छन् । माैद्रिक प्राधिकरण सिंगापुरले बीमा (लाभार्थीहरूको नामांकन) नियमावली २००९ काे संशोधन गर्दै अनलाइन माध्यमबाट समेत इछ्याइएकाे व्यक्ति उल्लेख गर्न सक्ने व्यवस्था २  जनवरी २०२४ देखि उपलब्ध गराउने भएकाे हाे ।

हाल, इच्छ्याईएकाे व्यक्तिकाे नामांकनका लागी बीमितले निवेदनकाे साथै बीमालेखकाे सक्कल कागजी प्रति नै बीमा कम्पनीमा पेश गरेर स्वीकृत गराउनुपर्ने बाध्यात्मक प्रावधान छ । पहिलो अनलाइन साक्षीको माध्यमबाट, जहाँ बीमितले अनलाइन फारममा अडियो-भिजुअल लिङ्क प्रयोग गरेर हस्ताक्षर गर्नेछन्, बीमा कम्पनीका प्रतिनिधिले पुष्टी गर्नेछन्। यसैगरी दोस्रो विकल्पमा अनलाइन प्रमाणीकरण मार्फत् प्रमाणक(नाेटरी वा एटेस्टर) ले हस्ताक्षर बीमितले नै गरेकाे हाे भन्ने प्रमाणित गरिदनेछ ।

Prabhu
Crest

इच्छ्याईएकाे व्यक्तिकाे नामांकनलाई विवाद रहित बनाउन र बीमितकाे पहिचान गर्नका लागी विद्युतीय हस्ताक्षर प्रयाेग गर्नुपर्नेछ। अनलाइन साक्षी र इच्छ्याईएकाे व्यक्ति दुबैले बीमालेख धारकलाई कुनै अनुचित दबाबमा नपारी मनाेनय गराइएकाे मनोनयन गर्नुको उद्देश्य र प्रभाव बुझेको पनि घोषणा गर्नुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS