काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र टङ्गाल, काठमाडौं स्थित अप्रिकस क्याफे तथा ठमेल, काठमाडौं स्थित ठमेल मोमोतारु रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १८८ वटा शाखा, १४७ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।