SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजार घट्ने क्रम रोकिएन, कारोबार रकम २ अर्ब ४३ करोडमा सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारले सुधारको गति लिन सकेन् । हिजो पनि घटेको शेयर बजार आज पनि नेप्से परिसूचक ८ दशमलव ११ अंकले घटेर २,१५६ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६० वटा कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको १५ करोड १२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन लाइफको ६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मुल्य ४८७ रुपैयाँ कायम भएको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ४९ प्रशिततका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS