IME Life
Beema Board

मौद्रिक नीतिले शेयर लगानीकर्ता खुशी हुन सकेनन्, २६ अंकले घट्यो नेप्से

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ६६ अंकले घटेर २,२०० दशमलव ५० को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजारमा आज भने गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको मौद्रिक नीतिले लगानीकर्तालाई खुशी दिन भने सकेन् । आज ५० कम्पनीको शेयर मुल्यमा बृद्धि हुँदा १६३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको १५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै किसान लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । बलेफी हाइड्रोका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ६ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS