IME Life
Beema Board

नागरिक लगानी कोषले संकलित बीमाशुल्क वापतको करोडौं रकम बीमकलाई बुझाएन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । नागरिक लगानी कोषले योगदानकर्ताबाट संकलन गरेको बीमाशुल्कवापतको ठूलो रकम राष्ट्रिय बीमा संस्थानमा भुक्तानी नगरेको तथ्य प्रकाशमा आएको छ। आ.व. २०७८।७९ को लेखा परिक्षण प्रतिवेदनमा कोषले योगदानकर्ताबाट संकलन गरेको रकम र संस्थानमा बीमाशुल्कवापत भुक्तानी गरेको रकम बीच २१ करोड ९८ लाख ५९ हजार रुपैयाँ बराबरको अन्तर देखिएको छ ।

महालेखा परिक्षकले जारी गरेको आ.व. २०७८।७९ को लेखा परिक्षण प्रतिवेदनमा यसपटक पनि संकलित बीमाशुल्क रकम र जम्मा गरिएको बीमाशुल्क रकमबीचको ठूलो भिन्नता औंल्याइएको छ।

Prabhu
Crest

यसैगरी कोषले सावधिक जीवन बीमावापत कूल ३ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ दायीत्व देखाएकोमा केन्द्रले संस्थानलाई देखाएको दायीत्व जम्मा ३ अर्ब ६ करोड ८६ लाख रुपैयाँ रहेको छ । फरक दायीत्व ३७ करोड ८८ लाख ४३ हजार रुपैयाँ बराबरको हिसाब मिलान नभएको महालेखा परिक्षकले टिप्पणीमा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS