IME Life
Beema Board

साताको अन्तिम दिन नेप्से सूचकमा झिनो अंकको गिरावट, मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम दिन नेप्से सूचक तीन अर्बले सुधार भएर बन्द भएको छ । मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन । अझै पनि लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकले लगाएको ४/१२ करोडको सिमामा के परिवर्तन आउछ भनेर हेरिरहेका छन् ।

मौद्रिक नीति कत्तीको बजार मैत्री आउछ भन्नेमा अन्योलता कायमै छ । गभर्नर महाप्रसाद अधिकारी भर्खरै क्यानडाबाट फर्किएको र उनले केहि दिन मौद्रिक नीतिको तयारी गर्नु पर्ने भन्दै आगामी सातामा मात्रै सार्वजनिक गर्ने जनाएका छन् ।

Prabhu
Crest

मौद्रिक नीति ल्याउनु अगाडी राष्ट्र बैंकले सरकारको नीतिलाई पनि ख्याल गर्नु पर्छ । मौद्रिक नीति र अर्थनीतिको तालमेल मिलाउनु पर्ने भएकाले गभर्नर र अर्थमन्त्री दुबैको सहकार्य आवस्यक हुन्छ । गएका वर्षमा यस्तो अवस्था थिएन ।

यस बाहेक बजारलाई प्रभावित पार्ने अन्य पक्ष छैनन् । बैंकहरुमा यथेष्ट मात्रामा तरलता थुप्रिएर बसेको छ । बैंकहरुले शेयर बजारका लगानीकर्ताहरुलाई राम्रै शेयरधितोकर्जा प्रवाह गरिरहेका छन् । यदि मौद्रिक नीति बजार मैत्री आयो भने बजारमा ठुलै प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

बिहीबार नेप्से सूचक १.३१ अंकले घटेर २१६३.९२ अंक कायम भएको छ । कारोबार रकम भने तीन अर्ब ४ करोड रुपैयाँको भएको छ । आज शेयर बजारमा तिव्र उचारचढाव देखियो अधिकतम घट्ने क्रममा १८५३ अंकसम्म तल झरेको थियो भने अधिकतम माथि पुग्ने क्रममा २१७९ अंकसम्म पुग्यो । बाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर र उत्पादन तथा प्रशोधनमुलक कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । ८८ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS