काठमाडौं । बुधबार नेप्से सूचकमा तिव्र उतारचढाव देखिएको छ । कारोबार सुरु भएको केहि समयमै १२ अंक भन्दा धेरैले घटेको नेप्से सूचक २० अंक भन्दा धेरै बढ्यो । सुधार हुँदा बिक्री गर्ने घट्ने वित्तीकै खरिद गर्न थाल्ने लगानीकर्ताको प्रवृत्तीले आज बजारमा तिव्र उचारचढाव देखिएको हो ।
बजार बढ्छ भन्ने चर्चाले गर्दा कतिपय लगानीकर्ताले शेयर खरिद गरिरहेका छन् । जसले हिजोका दिनमा खरिद गरेर बसेका थिए उनिहरुले बिक्री गर्न चाहेका छन् । मौद्रिक नीति कत्तीको बजार मैत्री आउछ भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । यसले गर्दा लगानीकर्ताहरुमा डर देखिन्छ ।
बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ अंक कायम भएको छ । कारोबार रकम पनि तीन अर्ब ३४ करोड नाघेको छ । आज ७३ वटा कम्पनीको मात्रै शेयर मूल्यमा सुधार देखिएको छ भने १३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सर्वाधिक धेरै बिपिडब्लु लघुवित्तको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ । त्यस्तै कारोबार रकम तर्फ सर्वाधिक धेरै युनाइटेड अजोडको २३ करोड ५७ लाख रुपैयाँको भएको छ ।
बाणिज्य बैंक, विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । आज बाणिज्य बैंकको शेयरले नेप्से सूचक बढेको हो ।