IME Life
Beema Board

बीमा प्राधिकरणद्वारा इजाजत प्राप्त बीमककाे नामावली सार्वजनिक, प्रभु लाईफ सञ्चालनमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त बीमा कम्पनीहरुकाे अध्यावधिक विवरण सार्वजनिक गरेकाे छ। बीमा ऐन २०७९ काे प्रावधान अनुसार प्राधिकरणले त्रैमासिक रुपमा इजाजत प्राप्त बीमकहरुकाे सूची सार्वजनिक गर्दै आएकाे छ।

असार मसान्तमा आइपुग्दा प्रभु लाईफ र महालक्ष्मी लाईफबीच गाभ्ने गाभिने प्रकृया पुरा भएपछि कूल जीवन बीमा कम्पनीकाे स‌ंख्या १४ कायम भएकाे छ। प्रभु र महालक्ष्मी मर्ज भएर प्रभु महालक्ष्मी लाईफ कायम भएकाे घाेषणा गरिए पनि प्राधिकरणकाे सूचनामा प्रभु लाईफ इन्स्याेरेन्स नाम उल्लेख छ।

Prabhu
Crest

यसैगरी युनाइटेड  इन्स्याेरेन्स र अजोड  इन्स्याेरेन्स गाभिएर युनाइटेड अजोड  इन्स्याेरेन्समा परिणत भएपछि निर्जीवन बीमा कम्पनीकाे संख्या पनि १४ मा झरेकाे छ। अघिल्लाे आवमा कूल १९ जीवन बीमक र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका थिए ।

यसबाहेक लघु बीमा व्यवसायका लागी इजाजत प्राप्त ४ वटा लघु बीमा कम्पनी सञ्चालनमा रहेका छन् । गार्डियन माइक्राे लाईफ इन्स्याेरेन्स, क्रेष्ट माइक्राे लाईफ, नेपाल माइक्राे इन्स्योरेन्स  र प्राेटेक्टिभ माइक्राे इन्स्याेरेन्स सञ्चालनमा रहेका छन् ।

यसैगरी पुनर्बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्याेरेन्स सञ्चालनमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS