IME Life
Beema Board

नयाँ आर्थिक वर्षलाई स्वागत गर्दै शेयर बजारमा ४७ अंकको बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साउन १ गते शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । शेयर बजारले नयाँ आर्थिक वर्षलाई स्वागत गर्दै आज साउन १ गते नेप्से ४७ अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४७ दशमलव ०७ अंकले बढेर २,१४४ दशमलव १६ को विन्दुमा कायम भएको छ ।

आज २ सय कम्पनकिो शेयर मुल्यमा बृद्धि भएको छ भने १३ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५६ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज कम्पनीको १४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज कारोबारको पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशतकाले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनका इकाईधनीले गुमाएका छन् । आज यस योजनाका इकाईधनीले ८ दशमलव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS