काठमाडौं । आईएमई लिमिटेडले आईपीओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार २९ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशतले हुन आउने कुल १० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । जसमा १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।