काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको २३३५ औं बैठकले डिजेल ४ रुपैयाँ र पेट्रोल ६ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
यसैगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ । साथै खाना पकाउने एल्पी ग्याँसमा भने १० रुपैयाँले घटाएको हो । मूल्य घटेसँगै आइतबार राती १२ बजेदेखि पेट्रोल प्रति लिटर १६४ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य निर्धारण भएसँगै पेट्रोलको मूल्य ‘ग’ वर्षमा १६४, ‘ख’ वर्गमा १६३ र ‘क’ वर्गमा १६१ रुपैयाँ ५० पैसा कायम भएको छ ।
साथै खाना पकाउने ग्याँस भने १० रुपैयाँले घटेर प्रति शिलिण्डर १७९० रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य भने क्रमश ‘ग’ वर्गमा १४६ ‘ख’ वर्गामा १४५ र ‘क’ वर्गमा १४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
आजबाट निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । भारतबाट प्रत्येक १५ /१५ दिनमा मूल्यमा आउने परिवर्तनसँगै नेपालमा पनि इन्धनको मूल्य सोहि अनुरुप कायम हुनेछ ।