Connect IPS
IME Life

सिटी एक्सप्रेस मनी ट्रान्स्फरको ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार नेपाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १६औं बसन्त पुरा गरी १७औं बर्षमा प्रबेश गरेको छ । १७औं वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ ।

जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७औं वार्षिकोत्सवकै उपलक्ष्यमा बिहान आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS