काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएको कुल ६० अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
नेप्सेमा सूचिकृत भएका विकास ऋणपत्रमा ४ वर्षे अवधिको २०८४ ‘ट’, ५ वर्षे अवधिको २०८५ ‘ज’, ५ वर्षे अवधिको २०८५ ‘झ’, ६ वर्षे अवधिको २०८६ ‘ङ’ र ६ वर्षे अवधिको २०८६ ‘च’ छन् । यी ऋणपत्रको वार्षिक ब्याजदर क्रमशः ८.९ प्रतिशत, ८.५७ प्रतिशत, ८ प्रतिशत, ६.९३ प्रतिशत र ६.३५ प्रतिशत छन् ।
गत वैशाख ८ गतेदेखि असार २२ गतेसम्म निष्काशन भएका विकास ऋणपत्रहरू नेप्सेमा सूचिकृत भएका हुन् ।
1689236411508