IME Life
Beema Board

व्याज र किस्ता जोहो गर्ने अन्तिम दिनमा १२ अंकको गिरावट, तीन अर्ब ३९ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजसम्म शेयर बिक्री गर्ने लगानीकर्ताले चालु आर्थिक वर्षको लागि व्याज र किस्ता जोहो गर्न सक्छन् । यसले गर्दा आज अधिकाम्स समय शेयर बजार घट्यो । लगानीकर्ताले आजैबाट शेयर बजारमा सुधार आउने अपेक्षा गरेका थिए । आज शेयर बिक्री गर्दा ब्रोकरबाट पैसा लिन गाह्रो पर्ने र पैसा जोहो गर्न सकिदैन कि भन्ने थियो । तर आज बिक्री गरेको शेयरको पैसा असार ३१ गतेसम्म प्राप्त गर्दा पनि व्याज र किस्ता बुझाउन मिल्छ ।

आजबाटै शेयर बजार सुधार हुने अनुमान गर्दै केहि लगानीकर्ता आजको दिनको पर्खाइमा थिए । तर उनिहरुको अनुमानले काम गर्न सकेन । उल्टै घटेको मूल्यमा शेयर बिक्री गर्नु पर्यो ।

Prabhu
Crest

साउन लागे सँगै मौद्रिक नीतिको चर्चा हुनेछ । मौद्रिक नीतिले शेयर बजारलाई सकारात्मक रुपमा लियो भने बजारले अर्को नयाँ गति पक्रिने विश्लेषकहरु बताउछन् ।

आज नेप्से सूचक १२.६२ अंकले सुधार भएको छ । कारोबार रकम तीन अर्ब ३९ करोड रुपैयाँ नाघेको छ । आज ५४ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

शिवम सिमेन्टको सर्वाधिक धेरै २३ करोड ७५ लाख रुपैयाँको खरिद बिक्री भएको छ । बाणिज्य बैंक, होटल र म्युचुल फण्डको सूचक बाहेक सबै सूचक घटेका छन् । बीमा तथा हाइड्रोको शेयर मूल्य घटेको छ । गएका दिनमा बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । यस भन्दा अगाडी उछाल आएका कम्पनीको शेयर बिक्री गरेर लगानीकर्ताले पैसा जोहो गरेको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS