काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ६२ अंकले घटेर २,०८४ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २९६ वटा कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।