IME Life
Beema Board

बैंकहरुको व्याजदर घटाउने तयारी सँगै शेयर बजारमा उछाल, २५ अंकले बढ्दा तीन अर्ब माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले साउन महिनादेखिनै निक्षेप तथा कर्जाको व्याजदर घटाउने तयार गरे सँगै आज शेयर बजारमा सुधार देखिएको छ । अझै पनि लगानीकर्ताले चालु आर्थिक वर्षका लागि किस्ता र व्याजको जोहो गरिरहेका छन् । लगानीकर्ताले व्याज र किस्ता जोहो गर्दा बढेको सेलिङ प्रेसरलाई आज भने बजारले सहजै सहन गरेको छ ।

राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति ल्याउनेछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकलाई खुकुलो मौद्रिक नीति ल्याउन निर्देशन दिदै आएका छन् । यसले गर्दा पनि शेयर बजारमा सुधार देखिको हो । यदि राष्ट्र बैंकले बजार मैत्री मौद्रिक नीति ल्यायो भने शेयर बजारमा अझ धेरै उछाल आउने लगानीकर्ताको विश्लेषण ।

Prabhu
Crest

यहि अपेक्षाले आज नेप्से सूचक २५.३१ अंकले सुधार भएको हो । सूचक सँगै कारोबार रकम तीन अर्ब १८ करोड नाघेको छ । आज लगानीकर्ताले सस्तोमा शेयर उठाएका छन् । यसै क्रममा १८५ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बुधबार ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले सुधार भएको छ ।

फाइनान्स र होटलको सूचक बाहेक सबै सूचक तथा उपसूचकमा सुधार देखिएको छ । सर्वाधिक धेरै जलविद्युत कम्पनीको शेयर मूल्यमा ४.४१ प्रतिशतले सुधार भएको छ । शिवम समिन्टको मात्रै ३३ करोड ९३ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS