IME Life
Beema Board

मौद्रिक नीतिलाई खुकुलो गर्ने ठाउँ प्रशस्त आएको छ : अर्थ मन्त्री महत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिलाई खुकुलो गर्ने ठाउँ प्रशस्त भएको बताएका छन् । अर्थतन्त्रका सम्पुर्ण सूचकहरुमा सुधार देखिएको हुँदा राष्ट्र बैंकले कसिलो नीति लिनु पर्ने अवस्था नरहेको अर्थमन्त्री महतको दाबी छ । आज नेपाल वित्तीय संस्था कर्मचारी संघ ‘फिउन’ले नेपालको वित्तीय क्षेत्रका चुनौती समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद क्रार्यक्रमलाई संबोधन गर्दै महतले यस्तो बताएका हुन् ।

नेपाल आर्थिक समस्याबाट माथि उठ्ने क्रममा रहेको अर्थमन्त्री महतले दाबी गरे । मूल्य बृद्धिको आकडा पनि घट्न थालेको भन्दै महतले मौद्रिक नीतिलाई खुकुलो गर्दा मूल्यस्फ्रिति बढ्छ कि भन्ने चिन्तालाई यसले केहि हदसम्म मथ्थर पारिदिएको बताए ।

Prabhu
Crest

मौद्रिक नीतिको लक्ष्य मूल्य बृद्धिलाई स्थिरता कामय गर्ने मात्रै नभएर आर्थिक बृद्धिलाई पनि मद्दत गर्ने रहेको महतको धारणा रहेको छ । मौद्रिक नीतिले तरलताको समस्या समाधान गर्ने महतले दाबी गरे । बैंक वित्तीय संस्थाले पनि ठुला लगानीकर्तालाई मात्रै पूँजी लगानी गर्न नहुने उनको धारणा रहेको छ ।

उनले भने ‘सूचना क्रान्तिमा आएको परिवर्तनले गर्दा बैंक वित्तीय संस्थाहरुमा धेरै नै पारदर्शिताको विकास भएको छ । यो सबैको लागि खुसीको कुरा हो ।‘ नेपालका बैंक वित्तीय संस्थाहरुले अन्तर्राष्ट्रिय स्ट्यार्ण्डर्ड पद्दतीहरुलाई अपनाउने भन्दै मुलुभुत रुपमा उपभोक्ताहरुको निक्षेपकर्ताहरुको अधिकार सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

यस्तो सुधार हुँदा हुदै पनि केहि बैंकहरुलाई अप्ठ्यारोमा पर्न थाल्ने वित्तीकै राष्ट्र बैंकले सहयोगमा हस्तक्षेमा अर्डरमा ल्याइएको महतले दाबी गरे । उनले भने ‘एक पटक बाणिज्य बैंकमा ठुलो समस्या आइसकेको थियो । सरकारले तुरुन्तै व्यवस्थापनलाई क्ट्र्याक्टमा राखेर पुनर्जीवत गरेको थियो ।‘

कृषि विकास बैंकमा पनि सुधारको आवस्यकता देखिएको महतले संकेत गरेका छन् । नेपालको बैंक वित्तीय संस्थाहरुलाई नमुनाका रुपमा अगाडी बढाउन उनले सुझाव दिएका छन् । माइक्रोइन्स्योरेन्स तथा सहकारीका क्षेत्रमा पनि समस्या देखिएको अर्थमन्त्री महतले बताए । त्यसैले बजेटमा सहकारी क्षेत्रलाई नियमन गर्न छुट्टै नियमनकारी निकायको व्यवस्था गर्ने व्यवस्था गरिएको महतले जानकारी गराए । त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

नेपालमा बैंकर र व्यवसायी एउटै हुने वास्तविकताले गर्दा निश्चित व्यवसायीहरुलाई मात्रै कर्जा प्रवाह हुने वातावरणको अन्तर्गत गर्नु पर्ने महतको भनाइ छ । बैंकहरुले लगानीलाई विविधता कायम गरी साना मझौला लगानीकर्ताले पनि कर्जा पाउनु पर्ने उनले बताए ।

बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी नगरेको भन्दै आरोप लाग्दै आएकाले अवदेखि उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्ने बातावरण बनाउन महतले राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । बैंकहरुले धितो राखेर कर्जा प्रवाह गर्ने क्रममा धेरै नै धितो राखेर कर्जा प्रवाह गर्ने गरेको महतले आरोप लगाएका छन् । उनले भने ‘सुरुमा धेरै धितो राख्ने । यदि ऋणीले सावा तथा व्याज भुक्तानी गर्न नसकेमा लिलामी गर्ने खालका गलत अभ्यास हुने गरेको छ ।’ महतले व्याजदर पनि मिलोमतो परिवर्तन हुने गरेको आरोप लगाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS