IME Life
Beema Board

दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ३३ करोड भन्दा माथिको दाबी पर्न सक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दुर्घटनामा परेको मनाङ एयरको (9N AMV) हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीमा रहेको पाइएको छ । हेलिकप्टरले सगरमाथामा २२.७ लाख डलर अर्थात ३० करोड रुपैयाँ बराबरको बीमा रहेको छ ।

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर लिखु पिके गाउँपालिका-५ स्थित लाम्जुरा देउरालीमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा ५ जनाको शव नचिने अवस्थामा भेटिएको छ । दुर्घटनामा एक पाइलट सहित ५ जनाको मृत्यु भएको छ ।

Prabhu
Crest

हेलिकप्टर पुर्ण रुपमा क्षेति भएको हुँदा ३० करोड बराबरकै दाबी पर्न सक्ने कम्पनीले जनाएको छ । यदि हेलिकप्टरमा एक पाइलट सहित ४ जना यात्रु भएको खण्डमा २ करोड भन्दा माथिको दाबी पर्नेछ । तर २ पाइलट सहित ५ जनाको मृत्यु भएको रहेछ भने तीन करोड हाराहारीको दाबी पर्न सक्ने कम्पनीले जनाएको छ ।

सगरमाथाले डिनियन मार्फत विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएको छ । यसको दाबी भुक्तानीका लागि ब्रोकरले नै समन्वयन गर्नेछ । यसका लागि सर्भेयर पठाउनेदेखि लिएर दाबी सम्पुर्ण प्रकृयाँ अगाडी बढाउने काम ब्रोकरको हुन्छ ।

यस वर्ष मात्रै सगरमाथाले बीमा गरेका ५ वटा हेलिकप्टर दुर्घटनामा परेका छन् । पछिल्लो समय जति पनि हेलिकप्टर दुर्घटना भएका छन् ति सबै सगरमाथाले नै बीमा गरेका छन् । आज भन्दा अगाडीका दुर्घटनामा मानविय क्षति भएको थिएन । तर आज मानविय क्षति सहित हेलिकप्टर पनि पुर्ण रुपमा क्षति भएको छ ।

यस भन्दा अगाडी सगरमाथाले बीमा गरेका सिम्रिक एयरको (9N-AKF) हेलिकप्टर, एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टर, हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टर दुर्घटनामा परेको थियो । यस बाहेक एउटा हेलिकप्टर दुर्घटना भने सञ्चार माध्यममा आएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

71%

दु :खी

21%

अचम्मित

0%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS