IME Life
Beema Board

कृषि बीमाको अनुदान रकम असार मसान्तभित्र उपलब्ध गराउन बीमक संघको अनुरोध, नत्र पोलिसी बन्द गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघले कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम भुक्तानीका लागि आह्वान गरेको छ । संघले नेपाल बीमा प्राधिकरण मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दाबी भुक्तानीका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।

मन्त्रालयले यहि असार मसान्त भित्र अनुदान बापतको बाँकी रकम भुक्तानी गर्ने प्रतिवद्धता गरेको थियो । तर सरकारले तत्कालिन समयमा केहि अनुदान रकम भुक्तानी गरे पनि बाँकी रकम भुक्तानी नगरेको भन्दै यहि असार मसान्तभित्र सम्पुर्ण रकम भुक्तानीका लागि अनुरोध गरेको छ ।

Prabhu
Crest

सरकारले बीमा अनुदान बापतको अर्बौ रुपैयाँ रकम भुक्तानी नदिए पछि बीमकहरुले पोलिसी नै बिक्री बन्द गरेका थिए । बीमकले पोलिसी बिक्री गर्न बन्द गरे पछि कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भूषालको अध्यक्षमा बनसेको बैठकले यहि असार मसान्त भित्र रकम निकासा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सँगै सरकारले ७८ करोड रुपैयाँ निकासा गर्यो । तर अझै २ अर्ब हाराहारी रकम भुक्तानी गर्न बाँकी छ । उक्त रकम पाउदा बीमकहरु समस्यामा परेका छन् ।

सरकारले नै दिनु पर्ने अनुदान रकम समयमा नदिदा बीमकहरुले उधारोमै बीमा पोलिसी बिक्री गरिरहेका छन् । बीमकहरुले अनुदान रकमको निकासाका लागि पठाएको कागजपत्र हेरेर मन्त्रालयले बीमाङ्क रकमको मूल्याङ्कन नै घटाइदियो । बिक्री भइसकेको बीमा पोलिसीको बीमाङ्क रकम घटाएर अनुदान रकम निर्धारण गर्दा बीमकहरुले चर्को विरोध गरेका थिए । यसरी जारी भइसकेको त्यसमा पनि दाबी भुक्तानी समेत भइसकेको बीमा पोलिसीको बीमा शुल्क घटाउदा समस्या सिर्जना भएको हो । बीमा प्राधिकरणले यसलाई सहजिकरण गर्दै आइरहेको छ ।  यदि असार भित्र अनुदान रकम नआएमा बीमकहरुले पोलिसी बिक्री गर्न बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS