काठमाडौं । सनराइज बैंक र लक्ष्मी बैंकको बैंकिङ सेवा असार २७ र २८ गते बन्द हुने भएको छ । लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेबाट एकिकृत कारोबार शुभारम्भ गर्दैछन् । मर्जर प्रयोजनका लागि यस बैंकले आफ्नो सेवा दुई दिन बन्द गर्ने जनाएका छन् । यी दुई बैंकका सबै शाखा कार्यालयबाट दिने सेवा बन्द गर्ने जनाएका छन् । यी दुई बैंक मर्जर हुने हुँदा डाटा माइग्रेसनको कार्य गर्नुपर्ने हुँदा बैंकका सबै प्रणालीहरु बन्द रहने बैंकले जनाएको छ ।