IME Life
Beema Board

व्याज र किस्ताको ह्याङ् ओभर पछि बजार बढ्ने संकेत, वर्षको अन्तिम साताको पहिलो कारोबारमै सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । व्याज र किस्ताको ह्याङ् ओभर पछि शेयर बजार बढ्ने संकेत देखिएको छ । आर्थिक वर्षको अन्तिम साताको पहिलो कारोबार दिनमै नेप्से सूचक २५ अंकले बढ्दा तीन अर्ब माथिको कारोबार भएको छ । बजारको गिरावट यहि सातामा मात्रै रहने चर्चा गरिए पनि साताको सुरुमै बजारमा सुधार भएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने क्रम बढिरहेको छ । यहि हिसावले तरलता बढ्दै जाने हो भने साउन भदौ पछि कर्जाको व्याजदर ८/९ प्रतिशतमा झर्नेछ । अहिले नै बैंकहरु कर्जा प्रवाह नहुँदा निक्षेपको खर्च बढेको भन्दै रोइलो गर्न थालिसके ।

Prabhu
Crest

यहि हिसावले तरलता बढ्दै जाने हो भने बैंकहरुले शेयरधितो कर्जामा लगानी बढाउने निश्चित छ । शेयर बजार जहिले पनि बैंकिङ तरलता सहज हुँदा बढ्ने गर्छ । अर्को तर्फ बजार अझै पनि तल्लो विन्दुमा रहेकाले शेयरधितो कर्जा लिएर पनि बजारमा राम्रो पैसा कमाउने अवसर बाँकी छ । यहि कारणले यस आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम साताको पहिलो कारोबारकै दिन सुधार भयो ।

आज आइतबार नेप्से सूचक २८.३८ अंकले सुधार भएर २०७७.७६ अंकमा रोकिएको छ । कारोबार रकम पनि तीन अर्ब ४ करोड रहेको छ । १६८ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज पनि होटल समुहमा उछाल आएको छ । होटलको सूचक ४.६३ प्रतिशतले सुधार हुँदा व्यापार र बीमा कम्पनीहरुले सर्वाधिक धेरै साथ दिएका छन् । बैंकिङ सूचक भने ८.१४ अंकले मात्रै सुधार भएको छ । आज कारोबारको सुरुवाति अवस्थादेखि नै बढ्न सुरु भएको छ । आज सबैभन्दा धेरै बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको समाचारले लगानीकर्ता हौसिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS