काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज असार २४ गते आइतवारदेखि रोक्का भएको छ । दोस्रो बजारमा सूचिकृत यी कम्पनीहरूले मर्जर प्रक्रिया पुरा गरी असार २४ गतेदेखि एकिकृत कारोबार सुरू गरेकाले शेयर कारोबार बढीमा १५ कारोबार दिनका लागि रोक्का गरिएको हो ।
मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था अनुसार एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्जले कारोबार रोक्का गरेको हो ।
दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जर सम्बन्धि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन ।
1688711797502