IME Life
Beema Board

मागभन्दा बढि आवेदन पर्दा पनि किन घोराही सिमेन्टको आइपिओ बन्द भएन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टलाई छिटोमा आजसम्मका लागि आपिओ निष्काशन गर्न अनुमति दिए पनि कम्पनीले निष्काशन गर्ने सूचना सार्वजनिक गरेको छैन । बोर्डले कम्पनीको आइपिओमा आवेदन दिने लगानीकर्तालाई आजसम्म आवेदन फिर्ता लिने अवधि तोकिदिएकाले बिक्री बन्द नगरेको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको शेयरमा माग भन्दा बढि आवेदन परिसकेको छ । सिडिएससीका अनुसार घोराही सिमेन्टको आइपिओमा ६ लाख ६ हजार ९५८ जनाले २ करोड ५३ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ताका शेयर बिक्रीमा राखेको छ । यहि यिनै लगानीकर्ताको आवेदन सदर भयो भने आवेदन दिने जति सबैले १० कित्ता र केहि लगानीकर्ताले थप २० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

कम्पनीले नियोजित रुपमा आफ्नो शेयर बिक्री भएको देखाउन खातामा पैसा नै नभएका लगानीकर्ताबाट हजारौ कित्ता शेयरका लागि आवेदन दिन लगाएको थियो । यस्तो आवेदनलाई एनआइसी एशिया बैंकले स्वीकृत गरे पछि नेपाल धितोपत्र बोर्डले केहि समय आइपिओ निष्काशन नै बन्द गर्यो ।

कम्पनीको बदमासीलाई कारबाही गर्नुको सट्टा बोर्डले उल्टै आवेदन खुला गरिदिएर पुरस्कृत गरेको छ । कम्पनीको वित्तीय अवस्था एकदमै कमजोर र निश्चित लगानीकर्ताको मनोमानी रहेकाले संस्थागत शुशासन एदमकै कमजोर देखिन्छ । यस्तो कम्पनीमा आवेदन दिनु भन्दा आवेदन नै नदिने मनस्थितिमा लगानीकर्ता पुगेका हुन् । यसले गर्दा आधार मूल्यमा प्राथमिक शेयर निष्काशन हुँदा १०/१५ लाख जनाको आवेदन पर्ने गरेकोमा अहिले मुस्किलले ६ लाखले आवेदन दिएका छन् । यसमा पनि कम्पनीका आसेपासेले बिक्रीका लागि आफु निकटका व्यक्तिलाई ह्वीव जारी गरेका छन् ।

कम्पनीले ३३५ रुपैयाँ प्रिमियम सहित ४३५ रुपैयाँकाले दरले शेयर निष्काशन गरेकाले पनि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण छैन । अहिले नै ३३५ रुपैयाँ प्रिमियम तिर्नु पर्ने कम्पनीले भोलिका दिनमा कति लाभांश दिन सक्छ भन्ने कुनै टुङ्गो छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

14%

दु :खी

19%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS