काठमाडौं। प्रभु महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । एक आपसमा मर्ज भई छिट्टै एकिकृत कारोबार गर्न लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो ।
कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले न्युनतम स्नातक गरेको हुनुका साथै एक वर्ष मार्केटिङ क्षेत्रमा राम्रो अनुभव समेत रहेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।