GBIME
IME Life

भोलिदेखि दुई लघुवित्तले एकिकृत कारोबार गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले भोलि असार २४ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । यी दुई लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी साना किसान विकास लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् ।

दुवै कम्पनीको जेठ १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले जेठ २४ गते यी २ कम्पनीलाई मर्जमा अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै असार ७ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि असार २४ गतेबाट एकिकृत कारोबार हुन लागेको हो ।

SKYWELL
Crest

यी दुई लघुवित्त १००ः८७ को स्वाप रेसियोमा मर्ज भएका हुन्। अर्थात् साना किसान लघुवित्तका लगानीकर्ताले १ कित्ता बराबर १ कित्ता नै शेयर पाउने छन् भने आरएमडिसीका लगानीकर्ताले १ कित्ता बराबरको ०।८७ कित्ता शेयर पाउने छन् ।

एकिकृत कारोबार गर्नको लागि डाटा माइग्रेसंनको काम गर्नु पर्ने भएकोले असार २२ गते ३ बजेदेखि असार २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीले प्रदान गर्ने सेवाहरु बन्द रहने कम्पनीले जनाएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS