IME Life
Beema Board

असार ३१ गतेदेखि विक्रीमा आउने सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो चरणमा असार ३१ गतेदेखि ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्दै छ । कम्पनीले प्रति शेयर रू. १०० अङ्कित दरमा प्रिमियम बापत रू. १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू.२४४ मा सार्वजनिक निष्कासन गर्दैछ ।

कम्पनीले प्रति शेयर रू.१०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू. १०० अङ्कित दरमा प्रिमियम बापत रू. १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू. २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्नेछ ।  कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू. १०० अङ्कित दरमा कर्मचारीहरुको लागि निष्कासन गर्न लागेको हो ।  साधारण शेयरको सर्वसाधारणमा निष्कासन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख  कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्कासन गरिने छ । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

Prabhu
Crest

आईपीओमा आवेदन दिने समय :
वैदेशिक रोजगारीमा रहेका नेपालीले असार ३१ गते देखि साउन १४ गते सम्म आवेदन दिनुपर्ने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रजिष्टर्ड कार्यालय: यस कम्पनीको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय काठमाडौं महानगरपालिका-११, एल.एस. कम्प्लेक्स, थापाथली काठमाडौंमा रहेको छ ।

शाखा संजाल :
यस कम्पनीले मिति २०८० साल असार ७ गतेसम्म ४६ शाखा कार्यालय तथा ९४ उपशाखा कार्यालयहरूबाट जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

कम्पनीको ईतिहास र स्थापना :
यो कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ आषाढ १२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०७९ तथा बीमा विनियमावली, २०४९
अनुसार मिति २०७४ भाद्र ७ गते नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राप्त गरी जीवन बीमा कम्पनीको हैसियतले मिति २०७४ कार्तिक २ गते देखि जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

पूँजीको अवस्था :
अधिकृत पुँजी : ५ अर्ब
चुक्ता पुँजी : २ अर्ब ६२ करोड ५० लाख ( आईपीओ अघि )
चुक्ता पुँजी : ३ अर्ब ७५ करोड (आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रहेको र साधारण शेयर विक्री प्रक्रिया पश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात् कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ ।

संचालक समितिको जानकारी :
कम्पनीको संचालक समितिको अध्यक्षमा प्रदीप जङ्ग पाण्डे रहेका छन् । त्यस्तै संचालक समितिका अन्य सदस्यमा सुमितकुमार अग्रवाल, मनोज कार्की, महेश स्वाँर, दावा फुटी शेर्पा, अभिनव ज.व. राणा, श्रीमान कार्की (स्वतन्त्र संचालक) रहेका छन् ।

व्यवस्थापक समितिको जानकारी :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा  पोषक राज पौडेल कार्यरत छन् । सिईओ पौडेलको अनुभव यस प्रकार छ :

  • वरिष्ठ प्रबन्धकको रुपमा लेखापरीक्षण तथा व्यवस्थापन तहमा रहेर वि.सं.२०५२-२०५८ सम्मको कार्य अनुभव
  • वित्त प्रमुखको रुपमा मेटलाइफ इन्स्योरेन्स कम्पनी लि.मा १५ वर्षको कार्य अनुभव
  • सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा मिति २०७४/०९/३० देखि कार्यरत

त्यस्तै उच्च व्यवस्थापनमा दशरथ मणी खड्का (प्रमुख सञ्चालन अधिकृत), दिप बहादुर वि.सी. (नायव महाप्रबन्धक), भुषण रिमाल (सहायक महाप्रबन्धक)को रुपमा कार्यरत छन् ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७८/७९ को वास्तविक वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ४९  पैसा रहेको छ भने किताबी मूल्य १७२ रुपैयाँ ४३ पैसा छ । आ.व. ७९/८० को चैत मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ८८ पैसा र किताबी मूल्य १५४ रुपैयाँ ७४ पैसा रहेको छ ।

आईपीओबाट उठेको पैसा केमा उपयोग गर्दै छ ?

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक :
एनआइएमबि एस क्यापिटल लिमिटेड

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%

खुसी

13%

दु :खी

13%

अचम्मित

4%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS