SKIP THIS

MLBL
IME Life
Beema Board

सामुदायिक लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आज असार २२ गते गर्ने भएको छ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँगाउँमार्ग काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन् । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सोही सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ । सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १४ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा असार १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS