IME Life
Beema Board

असार २७ गतेदेखि विक्रीमा आउने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी रू.४ अर्बको ३० प्रतिशतले हुन आउने रू. १ अर्ब २० करोड बराबरको प्रति शेयर अंकित मूल्य रू. एक सय दरमा प्रिमियम बापत रू. १५७ थप गरी प्रति कित्ता रु.२५७ मा आईपीओ निष्कासन गर्दै छ । कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गर्दैछ । पहिलो चरणमा १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन हुँदै छ ।

त्यस्तै, कम्पनीका अनुसार ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर प्रति शेयर अंकित मूल्य रु.१००/- को दरले कम्पनीका कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ९६ लाख कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्कासन गरिने छ । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

Prabhu
Crest

आईपीओमा आवेदन दिने समय :
वैदेशिक रोजगारीमा रहेका नेपालीले असार २७ गते देखि साउन १० गते सम्म आवेदन दिनु पर्ने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रजिष्टर्ड कार्यालय: यस कम्पनीको रजिष्टर्ड कार्यालय बागमती प्रदेश, का.म.न.पा. वडा नं. ३०, ज्ञानेश्वर काठमाडौंमा रहेको छ ।

शाखा संजाल :
मिति २०८० जेठ १७ गतेसम्ममा ८२ वटा शाखा कार्यालयहरुबाट कम्पनीले आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीको ईतिहास र स्थापना :
कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ मंसिर १८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भई मिति २०७४ साउन १८ मा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) बाट जीवन बीमा व्यवसाय गर्ने बीमकको ईजाजतपत्र मिति २०७४ साउन १८ मा प्राप्त गरी मिति २०७४ भाद्र १६ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आईरहेको छ ।

पूँजीको अवस्था :
अधिकृत पुँजी : ५ अर्ब ५० करोड
जारी पुँजी : ४ अर्ब
चुक्ता पुँजी : २ अर्ब ८० करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : ४ अर्ब (आईपीओ पछि )
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको र साधारण शेयर विक्री प्रक्रिया पश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात् कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

संचालक समितिको जानकारी :
कम्पनीको संचालक समितिको अध्यक्षमा उदय नेपाली श्रेष्ठ रहेका छन् । त्यस्तै संचालक समितिका अन्य सदस्यमा अन्जु पाण्डे, इन्द्रप्रसाद शर्मा, शरदचन्द्र पौडेल र डा. प्रकाश भट्टराई रहेका छन् । त्यस्तै यस कम्पनीका प्रवर्द्धकहरूमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी, बैंकर, अर्थशास्त्री लगायतका प्रबुद्ध व्यक्तित्वहरू रहेका छन् ।

व्यवस्थापक समितिको जानकारी :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण बाबु लोहनी कार्यरत छन् । सिईओ लोहनीको अनुभव यस प्रकार छ :
कन्सल्टेण्ट इन्जिनियरको रूपमा विभिन्न बैंक तथा वित्त कम्पनीहरुमा सन् १९९७ देखि सन् २००५ सम्म परामर्शदाता

प्रबन्धक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा तत्कालिन रिलायवल फाइनान्समा सन् २००५ देखि सन् २०१४ सम्म

प्रमुख कार्यकारी अधिकृतको रुपमा तत्कालिन रिलायवल डेभलपमेन्ट बैंकमा सन् २०१४ देखि सन् २०१७ सम्म

प्रमुख कार्यकारी अधिकृतको रुपमा सन् २०१७ देखि हालसम्म यस रिलायवल नेपाल लाइफ इन्स्योरेन्समा

त्यस्तै उच्च व्यवस्थापनमा दिपेश बाबु तिवारी (का. मु. वरिष्ठ सहायक महाप्रबन्धक), शैलेन्द्र श्रेष्ठ (मुख्य प्रबन्धक), कल्याण राज हलवाई ( वरिष्ठ प्रबन्धक) र युवराज शर्मा ( वरिष्ठ प्रबन्धक)को रुपमा कार्यरत छन् ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७८/७९ को वास्तविक वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैयाँ ४६ पैसा रहेको छ भने किताबी मूल्य १६२ रुपैयाँ २९ पैसा छ । आ.व. ७९/८० को चैत मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ६१ पैसा र किताबी मूल्य १५३ रुपैयाँ रहेको छ ।

क्रेडिट रेटिङ्ग :
क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कम्पनीलाई [CARE-NP BBB + (Issuer)]”, प्रमाणपत्र प्रदान गरेको छ। सो रेटिङ्गले समयमानै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउने र यस्तो कम्पनीले मध्यमस्तरको क्रेडिट जोखिम वहन गर्न सक्दछ ।

आईपीओबाट उठेको पैसा केमा उपयोग गर्दै छ ?


धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक :
सिभिल क्यापिटल मार्केट लिमिटेड

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

18%

अचम्मित

6%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS