IME Life
Beema Board

नयाँ ब्रोकरलाई कारोबार गर्ने बाटो खुल्यो, नेप्सेले गर्यो कारोबार सदस्यता प्रदान गर्ने निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नयाँ ब्रोकर कम्पनीलाई शेयर कारोबार गर्नका लागि सदस्यता प्रदान गर्ने भएको छ । धितोपत्र बोर्डले लाइसेन्स प्रदान गरेका ब्रोकरहरु व्यवसायिक कारोबार शुभारम्भको पर्खइमा थिए । नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले मापदण्ड पुरा गरेका ब्रोकरलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरे सँगै उनिहरुले शेयर खरिद बिक्रीको काम गर्न पाउने भएका हुन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार हालसम्म मापदण्ड पुरा गरेका नयाँ ब्रोकरहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डले कारोबार सदस्यता नम्बर पाउने छन् ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले ४३ वटा ब्रोकर लाइसेन्स प्रदान गरेको थियो । जस मध्ये हालसम्म १८ वटाले मात्रै लाइसेन्स पाएका छन् । कहिले संसद त कहिले अर्थसमितिको अवरोधका कारण बोर्डले लाइसेन्स दिन नसकेको हो । यसरी बोर्डले लाइसेन्स दिएका १८ वटा मध्ये ११ वटाले कारोबारका लागि नेप्सेमा आवेदन दिइसकेका छन् । नेप्सेले आवेदन दिने ब्रोकरलाई क्रमश अनुमति दिदै जानेछ । केहि ब्रोकर यहि असारभित्र जसरी पनि कारोबार शुभारम्भ गर्ने तयारीमा छन् ।

नेप्सेले भने कारोबारका लागि १० वटालाई प्रारम्भिक अनुमति पत्र समेत प्रदान गरिसकेको छ । यसरी प्रारम्भिक अनुमतिपत्र पाउनेमा नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिजमनी वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट रहेका छन् । नेप्सले उक्त ब्रोकरहरुको भौतिक रुपमा अनुगमन गर्नेछ । मापदण्ड अनुसार भौतिक संरचना पुरा गरेका, सफ्टवेयर प्रणाली तयार पारेकालाई अनुगमन गरेर अन्तिम स्वीकृति प्रदान गर्नेछ । त्यसपछि बल्ल ब्रोकरले कारोबार शुभारम्भ गर्न पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS