SKIP THIS

MLBL
IME Life
Beema Board

आजदेखि आइपीओ विक्री गर्दै आइएमई लाइफ इन्स्योरेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज असार २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गर्दैछ । हिजोदेखि विक्री गर्ने भनिएको आइपीओ प्राविधिक कारणले स्थगित भई आजदेखि विक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आइपीओ निष्काशन तथा बिक्री खुला गरी बाँडफाँड समेत गरिसकेपछि आजदेखि सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको थियो ।

Prabhu
Crest

त्यस्तै, पाँच प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषको लागि छुटाइएको छ । पाँच प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुटाइएको छ भने बाँकी रहेको ९६ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा आज असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सोही अवधिमा पुर्ण आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अघिको आइपीओहरुलाई हेर्दा माग भन्दा धेरै आवेदन पर्ने हुनाले छिटो अवधिसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

0%

दु :खी

23%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS