Connect IPS
IME Life

अब सवारी लाइसेन्सको भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि अब अनलाइन प्रणाली मार्फत आवेदनदेखि राजश्व भुक्तानी समेत गर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले बुधबार विद्युतीय सेवा प्रवाह प्रणाली अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी नामक वेवसाइटको सुरुवात गरेको हो ।

विभागले सार्वजनिक गरेको उक्त वेवसाइटले देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने विभागले जनाएको छ । यो प्रणाली सुरु भएपछि अब लाइसेन्स लिन चाहनेले आवेदन दिइसकेपछि एक पटक मात्रै यातायात कार्यालय गए हुने विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

Prabhu
Crest

यो प्रणाली पूर्ण रूपमा लागू भए पश्चात् सेवाग्राहीहरू लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तरगतको यातायात व्यवस्था कार्यालय, कास्कीबाट २०८० असार २० गते देखि परीक्षणको रूपमा लागू गरिने विभागले जनाएको छ । यसपछि एक महिना भित्रमा यो प्रणालीलाई देशका सबै प्रदेश सरकार अन्तरगतका यातायात व्यवस्था कार्यालयसेवा कार्यालयहरूमा लागू गर्ने लक्ष्य लिइएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

358011025_960084545204378_4015752760749462454_n

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS