IME Life
Beema Board

प्राधिकरणले पोलिसी स्वीकृत नगरे पनि लघु बीमा कम्पनीहरुले कार्यालय उद्घाटन गर्ने, गार्डियनले शुक्रवार शुभारम्भ गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ लाइसेन्स पाएका चार लघु बीमा कम्पनीहरुले बीमा प्राधिकरणबाट बीमा पोलिसी स्वीकृत नभए पनि कार्यालय उद्घाटन गर्ने भएका छन् । विराटनगरमा केन्द्रिय कार्यालय रहेको गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनीले शुक्रवार उद्घाटन गर्दैछ ।

यस बाहेक तीन वटा कम्पनीले पनि उद्घाटनको मिति तय गरिसकेका छन् । उनिहरु बीमा प्राधिकरणबाट पोलिसी स्वीकृतिको पर्खाइमा थिए । तर बीमा प्राधिकरणको एक्चुरीबाट काम ढिलाइ भए पछि कम्पनीहरु आत्तीएका हुन् । दुई तीन महिना अगाडीदेखिको तयारीमा रहेका कम्पनीहरु यहि असार भित्र जसरी पनि व्यवसाय शुभारम्भ गर्ने योजनामा थिए ।

Prabhu
Crest

बीमा प्राधिकरणले पोलिसी स्वीकृत नगरी कम्पनीहरुले आफु खुसी पोलिसी बिक्रि गर्न पाउदैनन् । यसले गर्दा कम्पनीहरु आत्तीएका हुन् । चार वटाले व्यवसाय शुभारम्भ गर्ने भन्दै कार्यालय सेटअपदेखि लिएर कर्मचारी समेत नियुक्ति गरिसकेका छन् । यसले गर्दा कम्पनीको खर्च बढ्न थालिसकेको छ ।

कर्मचारीहरुले काम पाउन व्यवसाय शुरु हुनु पर्छ । कम्पनीहरुले कार्यालय उद्घाटन गर्न सम्पुर्ण तयारी गरिसकेकाले प्राधिकरणले पनि आज र भोलिमा पोलिसी स्वीकृत गरिसक्ने कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘हाम्रो एक्चुरीको कारणबाट पोलिसी स्वीकृत हुन समय लागेको हो हामी छिटै स्वीकृति दिने पक्षमा छौ ।’

सञ्चालनमा आउन थालेका माइक्रोहरुले आन्तरिक रुपमा पोलिसी डिजाइनको काम गरिसके । प्राधिकरणले पोलिसी स्वीकृत नगरेसम्म बिक्री गर्न नपाउने भएकाले उनिहरुले बीमा प्राधिकरणमा धर्ना दिएरै बसेका छन् । चार वटै छिटो भन्दा छिटो बजारमा जान खोजिरहेका छन् । अभिकर्ता परिचालनमा पनि लघु बीमा कम्पनीहरु चुकेका छन् । नेपाल बीमा प्राधिकरणले सुरु सुरुमा विद्यमान कम्पनीमा काम गर्नका लागि लाइसेन्स लिएकै अभिकर्ताले काम गर्न पाउने भन्दै उनिहरु ढुक्का साथ बसेका थिए । तर प्राधिकरणले यो काम सैद्धान्तिक रुपमा गलत हुने भए पछि कम्पनीलाई प्रचलित कानुनी व्यवस्था अनुसार नै अभिकर्ता बनाउन निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS