SKIP THIS

MLBL
IME Life
Beema Board

आइएमई लाइफको आइपीओ बाँडफाँड सम्पन्न,कसले कति पाए शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको हो । उक्त आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलले बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसर आइपीओमा कुल २२ हजार ४ सय ४४ जनाको आवेदन परेको थियो । जसमध्ये २२ हजार ४ सय ३६ जना आवेदक शेयर पाउन योग्य भएका छन् । आइपीओमा ८० कित्तासम्मको लागि आवेदन दिने लगानीकर्ताले माग गरे बमोजिम शेयर पाएका छन् ।

Prabhu
Crest

त्यस्तै ८० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ७ हजार ५ सय २३ जनाले समान ८० कित्ताको दरले शेयर पाएका छन् भने १ हजार ४ सय ८९ जनाले गोलाप्रथाबाट थप १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले असार १ गतेदेखि वैदेशिक रोजगारमा रहेको नेपालीहरुको लागि आइपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको थियो । सर्वसाधारणका लागि भने कम्पनीले भोलि असार २० गतेदेखि आइपीओ विक्र गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

68%

खुसी

9%

दु :खी

11%

अचम्मित

7%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS