IME Life
Beema Board

आइपीओ निष्काशन पछि सिटिजन लाइफले सहजै पूँजी जुटाउने, शेयर पर्नेले पहिलो वर्षमै ३४% बोनश शेयर पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति पाएको सिटिजन लाइफले सहजै ५ अर्ब पूंजी जुटाउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १४४ रुपैयाँ प्रिमियम सहित २४४ रुपैयाँको दरले आइपीओ निष्काशन गर्ने अनुमति दिएको छ । सर्वसाधारण शेयरधनी समुह तर्फको एक करोड १२ लाख ५० हजार कित्ता शेयर मध्ये कर्मचारीका लागि छुट्याएको ५ लाख ६२ हजार ५०० कित्ता शेयर कर्मचारीका लागि आधार मूल्यमै बिक्री गर्नेछ ।

कर्मचारीका लागि छुट्ट्याएर बाँकी रहेको एक करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयर भने प्रिमियममा निष्काशन गर्नेछ । यसरी प्रिमियममा शेयर निष्काशन गर्दा कम्पनीले एक अर्ब ५३ करोड प्रिमियम आर्जन गर्नेछ । आयकर ऐन अनुसार कम्पनीले २५ प्रतिशत कर तिर्नु पर्यो भने लाभांश बाँड्न योग्य प्रिमियम रकम एक अर्ब १५ करोडमा झर्नेछ ।

Prabhu
Crest

हाल चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन कम्पनीलाई एक अर्ब २५ करोड रुपैयाँ आवश्यक पर्नेछ । यो पूँजी जुटाउन कम्पनीलाई ३३.३३ प्रतिशत बोनस शेयर आवश्यक पर्छ ।

हाल कम्पनीको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । यो रकम चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार हो । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार कम्पनीको जगेडा कोषमा ६७ करोड ६७ लाख रुपैयाँ छ । यो लेखापरीक्षण प्रतिवेदनमा भएको तथ्याङ्क भएको हुँदा यो रकमबाट कम्पनीले लाभांश दिन सक्छ भन्दा गलत हुँदैन । त्यसैले कम्पनीसँग लाभांश दिन सक्ने रकम एक अर्ब ८३ करोड रुपैयाँ  रहेको छ । चालु आर्थिक वर्षको मुनाफा पछि यस्तो रकम थप बृद्धि हुनेछ । त्यसैले कम्पनीलाई नपुग एक अर्ब २५ करोड जुटाउन कुनै समस्या छैन । कम्पनीको शेयर पाउनेले पहिलो वर्षमै कम्तिमा ३४ प्रतिशत बोनस शेयर पाउन सक्ने देखिन्छ ।

कम्पनीले चालु आर्थिक वर्षमा प्राथमिक शेयर निष्काशन गर्न भ्याउदैन । त्यसैले साउनमा मात्रै प्राथमिक शेयर जारी गर्नेछ । साउनमा प्राथमिक शेयर जारी गरे पनि चालु आर्थिक वर्षको साधारणसभा पुस मसान्तसम्ममा गर्ने भएकाले शेयर खरिद गरेको ६ महिनामै शेयरधनीहरुले बम्पर लाभांश पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

6%

दु :खी

9%

अचम्मित

6%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS