IME Life
Beema Board

सन नेपाललाई आइपिओ निष्काशन पछि ५६ प्रतिशत पूँजी आवश्यक, कसरी पुर्याउला ५ अर्ब ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमिमयमा आइपिओ निष्काशन गर्दा पनि पूँजी जुटाउन धौ धौ पर्ने देखिएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम सहित २३९ रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले कर्मचारीका लागि बाहेक सबैलाई प्रिमियममा शेयर जारी गर्नेछ । कर्मचारीहरुले ४ लाख ८० हजार कित्ता शेयर आधार मूल्यमै खरिद गर्न पाउने छन् । कर्मचारीहरुलाई छुट्टाएर सर्वसाधारण शेयरधनी समुह तर्फको ९१ लाख २० हजार कित्ता शेयर प्रिमियममा बिक्री गर्दा कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ थप रकम प्राप्त गर्नेछ ।

Prabhu
Crest

संसदबाट भर्खरै पारित भएको आर्थिक विधेयक २०८०मा प्रिमियममा शेयर जारी गरेका कम्पनीहरुले कर तिर्नु पर्ने व्यवस्था छ । आज भन्दा पहिला नै प्रिमियममा शेयर जारी गरेकाले कर तिर्नु पर्ने भनिसके पछि अवका दिनमा प्रिमियममा शेयर जारी गर्नेले स्वत आय कर तिर्नु पर्छ । अव सन नेपाल लाइफले पनि प्रिमियम मार्फत आर्जन गरेको आम्दानीबाट २५ प्रतिशत कर तिर्नै पर्ने हुन्छ । प्रिमियम मार्फत आर्जन भएको रकमको २५ प्रतिशत कर तिर्ने वित्तीकै कम्पनी सँग लाभांश बाड्न योग्य रकम ९५ करोड रुपैयाँ हुनेछ ।

हाल चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आइपिओ निष्काशन पछि चुक्ता पूँजी ३ अर्ब २० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन कम्पनीलाई अझै एक अर्ब ८० करोड आवस्यक पर्छ । अपरिस्कृत वित्तीय विवरण अनुसार हाल जगेडा कोषमा ८१ करोड ९२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार जगेडा कोषमा  ४१ करोड ९२ लाख रुपैयाँ मात्रै छ । यस वर्ष कम्पनीले राम्रै मुनाफा आर्जन गर्यो भने पनि २० करोड भन्दा माथि जादैन । यस हिसावले चालु आर्थिक वर्षको मुनाफाबाट जगेडा कोषमा जम्मा हुने रकमलाई लाभांश वितरण गर्न सक्ने गरि छुट्याउदा ५० करोड मुस्किलले लाभांशका लागि छुट्याउन सक्छ ।

यदि कम्पनीले प्रिमियम र जगेडाबाट जम्मा भएको रकमबाट एक करोड ४० लाख रुपैयाँ नै बोनस शेयर दियो भने पनि ४३ प्रतिशत बोनस शेयर दिन सक्छ । यस पछि पनि कम्पनीलाई ५० करोड आवस्यक पर्ने भएकाले ९ प्रतिशत पूँजी अपुग हुन्छ । अव कम्पनीलाई ५० करोड कमाउन अर्को तीन वर्ष लाग्छ । त्यसैले कम्पनीले जगेडा कोष पनि बलियो बनाउने र पूँजी पनि जुटाउनका लागि सुरुमा ३० प्रतिशतसम्म बोनस शेयर दिने र त्यस पछि २० देखि ३० प्रतिशत हकप्रद शेयर निष्काशनको बाटो रोज्न सक्ने सम्भावना उच्च रहन्छ । वा बजारमा अन्य कम्पनीहरु सँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको सन्दर्भमा मर्जरमा पनि जान सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

10%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS