Connect IPS
IME Life

सिटिजन लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ । तर प्राथमिक बजारबाटै कम्पनीले १४४ रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल १ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनश शेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

Prabhu
Crest

सिटिजन लाइफको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा भइसकेको छ । नेपाल बीमा प्राधिकरणले चार बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति दिइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

14%

अचम्मित

21%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS