IME Life
GBIME

दुई लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने भएको छ । दुबै संस्थाहरु एक आपसमा मर्ज भई यही असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । कम्पनीहरुले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबारको मितिले १५ दिन शेयर कारोबार रोक्का रहने संस्थाले जनाएको छ ।

कम्पनीको यही असार १७ गते साझ बसेको संयुक्त मर्जर समितिको निर्णयले शेयर कारोबार रोक्का हुने भएको हो । मर्जरपश्चात कम्पनीले साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने भएको छ । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् ।

Crest
1688361109129

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS