काठमाडौं । मुस्ताङ जिल्लाका राजा झिग्मी सिङ्घी पलवर विष्टका छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विहेमा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । उक्त विवाह समारोहका लागि लोमन्थाङ गाउँपालिकाले एक सूचना निकाल्दै असार १८ गते सोमबार पालिकाभरि बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले मुस्ताङ्गी राजाको छोराको विवाह उत्सवका लािग गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।