Connect IPS
IME Life

जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३६ अर्ब १९ करोडमाथि, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ /८० को जेठ महिनासम्ममा ३६ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २५ लाख ३७ हजार ४१६ वटा बीमा पोलिसी विक्री गरी ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका हुन् । यी कम्पनीहरुले जेठ महिनामा मात्रै ३ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

जेठ महिनासम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ८ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब १ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब १४ करोड, सानिमा जिआइसीले २ अर्ब ४ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४१ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४० करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २४ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९० करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS