काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
1688276772520