काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीको संस्थापकहरुले उक्त शेयर नकिनेपछि सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्री गरेको थियो ।
संस्थापकमा ३५ दिनसम्म वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको कम्पनीले जनाएको छ । उक्त शेयर खरीद गर्न ईच्छुक खरीदकर्ताहरूले कम्पनीको कर्पोरेट कार्यालय इमाडोल, ललितपुरमा आवेदन पेश गर्न सक्नेछन् ।
उक्त शेयरको विक्री मूल्य विक्रीकर्ता संस्थापक शेयरधनीहरूले तोके बमोजिम हुने कम्पनीले जनाइएको छ ।