IME Life
GBIME

अमेरिकी बीमा बजारमा नेपाली अभिकर्ता कृष्ण लोहनीको सफलता, न्युयोर्क लाइफबाट हरेक वर्ष उत्कृष्ट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अभिकर्ता पेशा विश्वमै जटिल र महत्वपुर्ण पेशाका रुपमा चिनिन्छ त्यसमा पनि निश्चित पारिवारिक परिधि भित्रको व्यवसाय भन्दै गर्दा कृष्ण लोहनीले यस्तो कथनलाई गलत सावित गरिदिएका छन् । नुवाकोटको थानसिंङमा जन्मिएका लोहनीले अमेरिका पुगेर आफुलाई अभिकर्ताको रुपमा स्थापित गर्न सफल भएका छन् ।

आजका दिनमा उनले १८ सय भन्दा धेरैलाई ‘व्यवसायिक वित्तीय सेवा’ अर्थात अभिकर्ताले दिनु पर्ने सम्पुर्ण सेवा प्रवाह गरिरहेका छन् । विगत ५ वर्षदेखि लगातार एमडिआरटी क्लालिफार्यड लोहनीको अभिकर्ता यात्रा भने नेपालबाटै सुरु भएको हो ।

Crest

बीमा प्रति सानैदेखि चासो व्यक्त गर्ने लोहनीले २०४८ सालमै राष्ट्रिय बीमा संस्थानबाट बीमा गराएका थिए । तर उनले त्यतिवेला अरुबाटै बीमा गराए । अभिकर्ता भएर काम गर्ने अवसर भने अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफबाट प्राप्त भयो । कम्पनी स्थापनाको सुरुवाति दिनदेखिनै अभिकर्ताको काम गरेका लोहनीले छोटो समयमै आफुलाई एजेन्सी म्यानेजर बनाउन सफल भए । तत्कालिन समयमा ट्राभल एजेन्सीमा काम गरिरहेका उनले धेरैको बीमा गराए । यसै क्रममा उनलाई अमेरिका जाने अवसर प्राप्त भयो ।

नेपालबाट अमेरिका पुगेका लोहनीले त्याहाँ पनि बीमा गर्ने सोच बनाए । तर कसरी ?  नयाँ ठाउँ, नयाँ परिवेश भएकाले केहि पनि थाहा थिएन । संयोग भन्नु पर्छ, उनको एक जना साथि अमेरिकी जीवन बीमा कम्पनीमा काम गर्दा रहेछन् । त्यस पछि लोहनीले अमेरिकामा पनि बीमा पोलिसी खरिद गर्ने सोच बनाए । तर उनको साथीले उनलाई एकदमै महंगो पोलिसी अफर गरे । जुन पोलिसी खरिद गर्ने अवस्था लोहनी सँग थिएन । पोलिसी खरिद गर्ने योजनालाई थाती राखे ।

यस अवधिमा उनले अन्य अन्य काम गरे । श्रीमती कमलाले पनि नर्सिङ अध्ययन पुरा गरिन् । वल्ल उनको आम्दानीले पोलिसी खरिद गर्न सक्ने अनुभव भयो । सन् २०११ तिर लोहनीले तिनै बीमा कम्पनीमा काम गर्ने अभिकर्तालाई भेटेर बीमा गरिदिन अनुरोध गरे ।

उनले आफु बीमा गर्ने विभागबाट हटिसकेको र व्यवस्थापन विभागमा सुरुवा भएको भन्दै स्वयं लोहनीलाई नै अभिकर्ता बन्न सुझाए । बरु अभिकर्ता बन्नका लागि आफुले सहयोग गर्न भन्दै उनले ढाडस दिए । उनि अचम्ममा परे । एउटा नेपालीले अमेरिकी जीवन बीमा कम्पनीमा कसरी अभिकर्ताको काम गर्न सक्छ । यत्तीकैमा उनले अभिकर्ता लाइसेन्स लिने र तालिमकका लागि सहयोग गर्ने बाचा गरे । पहिलो वर्ष अभिकर्ता बनेर आफ्नो बीमा गर्नु त्यस पछि सके निरन्तरता दिनु नसके छाड्दा हुन्छ भन्दै ति साथिले सुझाए ।

साथिको सल्लाह र ढाडसमा उनि न्युयोर्स लाइफ इन्स्योरेन्स कम्पनीबाट लाइसेन्स लिन राजि भए । नेपालमा सजिलै पाइने लाइसेन्स अमेरिकामा भने सहज छैन । उनले अभिकर्ता लाइसेन्स लिनका लागि परीक्षा दिनु पर्यो । परीक्षाका लागि साथिले धेरै मद्दत गरे ।

अभिकर्ता लाइसेन्सका लागि नियमित रुपमा पढ्न जानु पर्ने बाध्यता छ । लाइसेन्स लिएर उनले एक वर्षसम्म नियमित अध्ययन गरे । यस सँगै फिङ्गर प्रिन्ट दिनु पर्छ । नियामक निकायले लाइसेन्स दिनु भन्दा अगाडी सम्बन्धित व्यक्तिको अपराधिक पृष्ठभुमीलाई हेर्ने काम गर्छ । यदि कुनै अपराधिक गतिविधिमा संलग्न भएको पाइयो भने अभिकर्ताका लागि स्वत अयोग्य ठहरिन्छ ।

अभिकर्ता लाइसेन्सका लागि अनलाइनबाटै पढ्न पाउने भएकाले कम्पनीमै जानु पर्दैन । अन्य काम गरेर पनि यसमा समय दिन सकिन्छ । यस सँगै अभिकर्ताहरुलाई प्रोडक्ट नलेज र सेल्स आइडिया दिइन्छ । उनिहरुले नियामकीय नियमहरु सबै बुझ्नु पर्छ र त्यसैका आधारमा बीमितलाई जानकारी दिनु पर्छ ।

अमेरिकामा अभिकर्ता बीमा कम्पनी भन्दा धेरै जिम्मेवार हुनु पर्छ । अभिकर्ताको विश्वासमा सबै काम गर्नु पर्ने भएकाले सबै किसिमका चेक जाँच गरिन्छ । यसरी पहिलो वर्ष सकिए पछि दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षा दिनु पर्छ । लगातार चार वर्षसम्म अध्ययन गरेर फुल फ्लेजको लाइसेन्स लिइसके पछि बल्ल एउटा योग्य र दक्ष अभिकर्ता उत्पादन भएको मानिन्छ । सामान्यतया पहिलो वर्ष परिक्षामा समावेश भएकाहरु मध्ये दोस्रो वर्षमा पुग्दा ९० प्रतिशत प्रकृयाँबाटै बाहिरिसकेका हुन्छन् । चौथो वर्षसम्म पार गरेका अभिकर्ताहरुलाई कम्पनीहरुले स्वतन्त्र छाडिदिन्छन् । उनिहरुले आफ्नो स्वविवेकले काम गर्न पाउछन् । तर कामका सिलसिलामा अलिकति मात्रै तलमाथि भयो भने लाइसेन्स नै खारेज हुन्छ । ग्राहकको आवश्यकता र बजेटको लेखाजोखा गरेर उद्देश्य र बजेट सुहाउदो बीमा पोलिसी सुझाउन सक्ने बनाउन पनि तालिम अनिवार्य गरिएको हो ।

अमेरिकामा अभिकर्ताले नै बीमितको प्रिमियम संकलन गरिदिने, बीमालेख धितोकर्जाको प्रकृयाँ अगाडी बढाइदिने, आवस्यक परामर्श दिने काम गर्नु पर्छ । बीमितलाई दिनु पर्ने सम्पुर्ण सेवा अभिकर्ता मार्फत नै हुने भएकाले अभिकर्ताको धेरै भुमिका हुन्छ ।

अभिकर्तालाई चार वर्ष लगाएर यति जिम्मेवार बनाइएको हुन्छ कि उसले कुनै पनि गलत काम गर्ने छुट पाउदैन । यसले गर्दा अभिकर्तालाई धेरै विश्वास पनि गरिन्छ । कम्पनीहरुले पनि अभिर्तालाई विशेष स्थान दिने गर्छन् । अभिकर्ताले बीमालेख मात्रै बिक्री गर्न पाउदैनन् उनिहरुले अन्य वित्तीय सेवाहरु पनि प्रवाह गर्न पाउछन् । उनिहरुले म्युचुअल फण्ड बिक्री गराउने, विभिन्न फण्डहरुमा लगानी गर्न आम लगानीकर्ताहरुलाई सुझाव दिने र मध्यस्थकर्ताको काम गर्न पाउछन् । यसले गर्दा एक अभिकर्ताका लागि आम्दानीका अन्य अवसरहरु प्राप्त हुन्छ ।

अमेरिकाको लाइसेन्स प्रकृयाँमा सामान्य आम्दानी गर्ने व्यक्तिका लागी धेरे गाह्रो हुन्छ । लोहनीको श्रीमति निर्सिङ पेसामा र उनि आफै पनि लामो समय विभिन्न काम गरेर आर्थिक रुपमा केहिहदसम्म सहज अस्थामा थिए । यसले गर्दा उनलाई चार वर्ष अभिकर्ताको तालिम लिन गाह्रो परेन । चौथो वर्ष पुरा गरेका अभिकर्तालाई ‘गुड टु सेल’ भन्ने गरिन्छ ।

यस पछि भने अभिकर्ताको सानो गल्तिले पनि कम्पनीले ठुलो मूल्य चुकाउनु पर्छ । यदि कुनै अभिकर्ताले बीमितलाई पुर्ण जानकारी नदिइ बीमा गरायो र बीमितले तीन वर्ष पछि मलाई यस्तो भनेकै थिइन अव म यो पोलिसीलाई निरन्तरता दिन चाहन्न भन्यो भने कम्पनीले सम्पुर्ण रकम फिर्ता गर्नु पर्छ । तर यस अवधिमा अभिकर्तालाई हदैसम्मका कारबाही हुन्छ । तर कतिपय ‘सिल्ली मिस्टेक’ अर्थात गलत नियत नखारी गरिएका गल्तिका हकमा भने कम्पनीले माफि दिने अभ्यास अमेरिकामा पनि हुन्छ ।

अभिकर्ताले नेपालमा जस्तो बीमितलाई पोलिसी खरिद गर्नुहोस् दोब्बर हुन्छ भनेर गलत बोल्न पाउदैन । बीमितलाई गल्ती सूचना दिएको प्रमाणित हुने वित्तीकै लाइसेन्स नै खारेज हुने व्यवस्था रहेको छ । त्यसैले बीमा गर्नु अगाडी बीमितको वित्तीय अवस्थालाई अभिकर्ताले राम्रो सँग विश्लेषण गर्नु पर्छ । उसको फाइनान्सियल अण्डराइटिङ गरेर मात्रै बीमाङ्क रकम र हरेक वर्ष भुक्तानी गर्नु पर्ने बीमा शुल्कको जानकारी गराइन्छ । सहि सूचना दिएर बीमा पोलिसी बिक्री गर्नु पर्ने भएकाले आमा मानिसलाई मनाउन धेरै गाह्रो छ ।

बीमितले सबै विषयमा मैले जानकारी पाएर यो पोलिसी खरिद गरेको हुँ भनेर स्व घोषणा गरिसके पछि मात्रै पोलिसी बिक्री गरिन्छ । त्यसैले अमेरिकामा अभिकर्ता एकदमै व्यवसायिक र स्वतन्त्र पेशाका रुपमा चिनिन्छ । यसमा कसैक हस्तक्षेप रहदैन ।

अभिकर्ताको लाइसेन्स दिने क्रममा लोहनीले सबैभन्दा पहिला आफ्नै बीमा गरे । त्यस पछि आफन्त हुँदै चिनेजानेका नेपाली साथिभाइलाई बीमा गराए । सुरुवाति दिनमा उनका ग्राहक नेपाली मात्रै थिए । तर सधै नेपालीलाई मात्रै बीमा गराएर पुग्दैन । त्यसैले उनिले अमेरीका नागरिकहरुको पनि बीमा गराए । अहिलेको अवस्थामा उनका जति पनि बीमित छन् । त्यसमा ६० प्रतिशत नेपाली रहेका छन् भने ४० प्रतिशत विदेशी रहेका छन् । पछिल्ला दिनमा उनका ग्राहक नेपाली भन्दा पनि विदेशी धेरै हुन थालेका छन् ।

नेपालको तुलनामा अमेरिकामा बीमाको महत्व धेरै छ । अझ पोलिसीमा धेरै नै विविधता छ । मानिसहरुले आफ्नो अवस्था अनुसारको पोलिसी खरिद गर्न पाउछन् । सुरुमा आफैले बीमा पोलिसी खरिद गर्दा धेरै प्रिमियम तिर्नु पर्छ भन्दै योजना पछाडी सारेको घटना अरुको जीवनमा नपरोस् भन्ने चाहन्छन् । यसले गर्दा लोहनी जुसुकै आम्दानी गर्ने समुहका मानिसहरुलाई पनि बीमा पोलिसी अफर गरिदिन्छन् ।

नेपालमा बीमा दाबी मरेपछि मात्रै पाइन्छ भन्ने मान्यता छ । पोलिसी पनि त्यस्तै खालका छन् । तर अमेरिकामा बीमा गरे पछि क्यान्सर तथा अन्य कुनै घातक रोग लाग्यो भने मरे पछि पाउने सम्पुर्ण दाबी जिउदो हुँदै पाइन्छ । जसलाई लिभिङ बेनिफिट भनेर चिनिन्छ ।

नेपाल र अमेरिकाको सामाजिक आर्थिक रहनसहन फरक छ । नेपालमा एउटा परिवारलाई तथा व्यक्तिलाई केहि पर्यो भने सर सहयोग गर्ने प्रचलन छ । तर अमेरिकामा त्यस्तो अवस्था छैन । कसैलाई केहि भइहाल्यो भने कसैले सरसहयोग तथा मद्दत गर्न सक्ने अवस्था रहदैन । त्यसैले अमेरिकामा बीमालाई सबैभन्दा नजिकको साथि मानिन्छ ।

अभिकर्ता कमिशन तथा अस्वस्थ प्रतिस्पर्धाको रोग अमेरिकामा पनि उत्तीकै छ । नेपालमा अभिकर्ता तथा कम्पनीहरु विच अस्वस्थ प्रतिस्पर्धा हुन्छ । तर अमेरिकामा पिरामिड शैलीका नेटवर्क व्यवसाय र विशुद्ध अभिकर्ताका अभ्यासमा समरुपता छैन । पिरामिड शैलीको बीमा व्यवसाय गर्ने अभिकर्ताले ११० प्रतिशतसम्म कमिशन बुझ्ने गरेका छन् । तर विशुद्ध अभिकर्ता गर्नेले मुस्किलले २५ प्रतिशत कमिशन पाउछन् ।

अभिकर्ताले पहिलो वर्ष ५ प्रतिशतसम्म कमिशन पाउछन् । त्यस पछिका १० वर्षसम्म १ प्रतिशतका दरले र ११ औ वर्षमा ५ प्रतिशत पाइन्छ । पोलिसी हेरेर अभिकर्ताले २ देखि २० प्रतिशतसम्म कमिशन पाउने व्यवस्था छ । त्यस पछि पोलिसी परिपक्व नभएसम्म एक प्रतिशतका दरले कमिशन प्राप्त हुन्छ । अभिकर्ताले कमिशनको कर भुक्तानी गर्दा आफ्ना सम्पुर्ण खर्च कटौती गरेर खुद आम्दानीमा मात्रै कर तिर्न पाउछन् । रिन्युअल प्रिमियमको कमिशन प्राप्त गर्न भने अभिकर्ता लाइसेन्स एक्टिभ हुनु पर्छ । यदि अभिकर्ता लाइसेन्स अप टु डेट छैन भने रिन्युअल प्रिमियम पाइदैन ।

नेपालमा जस्तो अमेरिकामा एक ठाउँबाट लिएको लाइसेन्सले अन्य प्रदेशमा व्यवसाय गर्न पाइदैन । यदि न्युयोर्कबाट लाइसेन्स लिएको छ र क्यालिफोर्नियामा रहेका मानिसलाई बीमा गर्नु पर्यो भने क्यालिफोर्नियामा रहेको नियामक निकायबाट अनुमति लिनु पर्छ । जुन ठाउँको व्यवसाय गर्ने हो त्यहि ठाउँको नियामकबाट अनुमति लिनु पर्ने कानुनी व्यवस्था छ ।

यसरी नेपालमा जन्मेर नेपालमै अध्ययन पुरा गरेर अमेरिकामा पुगेर पनि अभिकर्ता पेशामा सफल लोहनी विगत ५ वर्षदेखि एमडिआरटीमा योग्य भइसकेका छन् । उनले काम गरेको बीमा कम्पनीले विश्वमै सबैभन्दा धेरै एमडिआरटीका लागी योग्य अभिकर्ता उत्पादन गर्छ । पछिल्ला दुई वर्षमा भने कम्पनीले एमडिआरटी सम्मेलनमा सहभागीताका लागि प्रोत्साहन गर्न छाडेको छ । उनि पनि पहिलो पटक सम्मेलनमा सहभागि भए तर त्यस पछिका वर्षमा उनि गएनन् । त्यस सम्मेलनबाट पाउने ज्ञान तथा अनुभव उनले आफ्नै कम्पनीबाट प्राप्त गरिसकेकोले पनि उनि सम्मेलनमा जान खासै रुचाउदैनन् ।

अमेरिकी बजारमा बीमा व्यवसाय गरे पनि उनि नेपालमा भने समय समयमा आइरहन्छन् । नेपाली बीमा कम्पनीहरुले आह्वान गरेका मोटिभेसनल कार्यक्रममा सहभागिता जनाउछन् । आफुले जानेका बुझेका कुराहरुलाई आम मानिसहरु माझ पुर्याउन उनि अनवरत लागिरहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

4%

दु :खी

0%

अचम्मित

4%

उत्साहित

4%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS