IME Life
GBIME

आर्थिक मन्दी सगैं नेपालको वित्तिय क्षेत्रमा संकट आउनुका कारण र यसमा बीमा क्षेत्रको भूमिका, सुदर्शन बस्नेतको लेख

SPIL
NIC ASIA new
NLIC

उत्पादन,उधोग, रोजगार, व्यापार, मुल्यस्तर,मुद्रा जस्ता आर्थिक कारोवारहरुको समग्र स्वरुप नै अर्थतन्त्र हो । अर्थतन्त्र अन्तर्गत वास्तविक क्षेत्र र र मौद्रिक क्षेत्र रहेको हुन्छ त्यसमा पनि बैकिंग क्षेत्रको हिस्सा धेरै ओगटेको हुन्छ । विश्वमा सन २००८ मा आएको आर्थिक मन्दी पछि हाल देखिएको मन्दीको कारण रुस युक्रेन युद्घ र कोविड–१९ ले थला परेको अर्थतन्त्र बाट आएको  सृजित समस्याको कारण हुन सक्दछ ।

विश्वमा आर्थिक रुपमा समपन्न कलिएका राष्ट्रको लामो व्यवसायिक इतिहास बोकेका बैंक तथा वित्तिय संस्थाहरु एक पछि अर्को गरी विश्वमा श्रंखलाबद्घ रुपमा बैंकको अवसान हुनुले बैकिङ्ग क्षेत्रमा समेत संकटको संकेत देखा पर्न थालिएको छ । अमेरिकाको सिलिकन भ्याली बैंक,सिगनेचर बैंक,स्वीजरल्यान्डको क्रेडिट बैंक,जमर्नीको डवेच बैंक पनि अवसानको संघारमा रहेको भन्ने आर्थिक समाचारहरुले गर्दा विश्व अर्थतन्त्रमा ठुलो तरंग ल्याएको छ । वित्तिय संगठन विश्व बैंक , मुद्राकोष, युरेपियन युनियन, आदि संस्थाहरुले समेत सन् २०२३ मा आर्थिक मन्दी आउने भविष्यवाणी समेत गरेका छन भने अर्थशारुत्रीहरुले कहिल्यै यस अघि नदेखिएको आर्थिक मन्दी विश्वले भोग्नु पर्ने भन्दै विश्व जगतलाई सचेत गराएको छन् ।

Crest

विश्वमा अमेरिकी देशहरुमा आएको मन्दीको प्रभाव युरोप हुदै एशियाका धेरै देशहरुले आर्थिक संकटको सामना झेलिरहेका छन । जसमा श्रीलंकाले चरम आर्थिक संकटको समस्या झल्नुपरेको थियो भने हाल पाकिस्तान, बगांलादेश ,अफगानस्थान मा समेत आर्थिक मन्दीको प्रभाव विस्तारै देखिन थालेको छ । एशियाका धेरै विकासन्मुख राष्ट्रमा समेत यसको प्रभाव बढदै गईरहेको छ । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बाट अछुतो रहने कुरै भएन । त्यसमा पनि नेपालका छिमेकी राष्ट्र चिनले लिएको कोबिड शून्य नीतिले नेपाल सँगको व्यापार घटनुले राजस्व प्रभावित भएको छ भने उसले दिने साहयता रकम समेत घटाएको छ । त्यस्तै  भारत संगको दुई तिहाई व्यापार रहेको राष्ट्र सँग झनै मन्दीको प्रभाव सगै आर्थिक प्रभाव देखिएको छ ।

नेपाल पनि कुनै कुनै माध्यमबाट विश्व अर्थतन्त्र सग जोडिएको छ । नेपालले पनि खुल्ला अर्थनीति अवलम्वन गरेको छ जसले गर्दा विश्व अर्थतन्त्रमा आउने साना ठुला सवै उतावचढाव तथा परिर्वतनहरुले कहिले सकरात्मक रुपमा त कहिले नकरात्मक रुपमा नेपालको अर्थतन्त्रलाई प्रभाव पारि रहेको हुन्छ । जुन विश्व अर्थतन्त्र सँगको सिधा असर नेपालमा परेको हुन्छ । दैनिक रुपमा वित्तिय क्षेत्र जस्तै बैंक ,बीमा, लघुवित्तिय संस्था,सहकारी संस्थाहरुमा भएको तरलताको अभावले मागमा चाप पर्नु, माग अनुसारको कर्जा प्रवाह हुन नसक्नु ,वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा भएको असुरक्षा र निश्चित समुह बाट र्बैक तथा वित्तिय क्षेत्र प्रति को आराजक शैली, उधोग वाणिज्य निजि क्षेत्र आन्दोलित बन्नु,आर्थिक अनुसासन उल्ंघनका घटना, मिटर ब्याजीहरुको समस्या आदि कारणले वित्तिय क्षेत्रमा आएको संकटलाई इकिंत गर्दछ ।

देशमा रोजगारी सृजना नहुदा बेरोजगारी दर क्रमश बढदै जानु ,आयत क्रमश बढदै गए पनि निर्यात घटदो हुनु, आकासिदो मुल्य बृद्वि नियन्त्रण बाहिर रहनु,राजस्व संकलन घटदै जानु र चालु खर्चको अनुपातमा पुजीगत खर्च हुन नसक्नु राजनैतिक अस्थिरता, उधोगहरुको उत्पादन छमता ७० प्रतिशत सम्म घटनु, पुजी बजार घटनु, उपभोक्ताको क्रय शक्ति घटनु, आर्थिक परनिर्भरता बढदै जानु, कृषि उत्पादन घटदै जानु घर जग्गा कारोवारमा गिरावट, शेयर बजार घटनु, मागमा संकुचन, विप्रषण घटनु, अन्तराष्टिय बजारमा इन्धनको मूल्यमा भएको भारी बृद्वि, शत प्रतिशत नगद मार्जिनले व्यवसायले गर्दा लागतको मुल्यमा बृद्वि हुनु, उत्पादनले बजार नपाउनु, ज्याला महँगो हुदै जाने हुँदा कृषिको लागत सगै किसानको उत्साह घटनु, सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ताको व्यभार बार्षिक रुपमा १०० अर्ब भन्दा बढि रकम खर्च आवश्यक पर्दा व्ययभार बढदै जानु ।

नेपालमा बजेटको आकार ठुलो बनाएर प्रिय बन्न खोज्ने प्रवत्तिले गर्दा बजेटको कार्यान्वयन पक्ष ९ महिनामा ४८ प्रतिशत मात्र खर्च हुँदा बाँकी ३ महिनामा ५२ प्रतिशत खर्च हुने अवस्था देखिन्न र सो अनुसारको संयन्त्र नहुदा  हाल सम्म साधारण खर्च ६ खर्ब ७६ अर्ब ३२ करोड भएको छ भने पुजीँगत बजेट ३ खर्ब ८० अर्ब ३८ करोडमा  हाल सम्म ९९ अर्ब ४३ करोड मात्र भएको छ जुन ९ महिनामा एक तिहाई खर्च समेत हुन नसक्नु ,आ.व को लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा ९ महिनाा पुरा लाग्दा ६ खर्ब ३४ अर्ब २३ करोड मात्र संकलन भएको जुन लक्ष्यको ४५ प्रतिशत हाराहारीमा मात्रै हो जसले साधारण खर्च गर्न सार्वजनिक क्रृण उठाउनु पर्ने अवस्था आउने तथ्यले बताउदछ । सम्रग आन्तरिक तथा बाहय आर्थिक सुचांक कमजोर हुदै जानु आदि आर्थिक संकटका कारक तत्व मान्न सकिन्छ । यिनै कारणले नेपालको वित्तिय क्षेत्रमा पछिल्लो समय बैंक,लघुवित्त,सहकारी क्षेत्रमा देखिएका आर्थिक संकटका कारणहरुको चर्चा निम्न अनुसार रहेका छनः

१.बैकिंग क्षेत्रः

नेपालको वित्तिय उदारिकण सगै विकास र विस्तार भएको क्षेत्रको रुपमा बैकिंग क्षेत्रलाई लिइन्छ  । जुन नेपाली अर्थतन्त्रमा यस क्षेत्रले सवै भन्दा ठुलो हिस्सा ओगटेको छ । नेपालमा करिव १२० भन्दा बढि संख्या बैकिंग च्यानलमा जोडिएर सञ्चालन भएका यस क्षेत्र हुदा हुदै पनि नेपालमा बैकिंग क्षेत्रमा आर्थिक संकट पो आएको हो की भन्ने बहस हुन थालेको छ  । आज हरेक क्षेत्रको विकासका पछाडी बैंक तथा वित्तिय संस्थाकै देन रहेको छ । आज हजारौ मेगावट जलविधुत परियोजनाहरुको निमार्ण विदेशी क्रृण बिना सम्भव भएको छ ।

यसै गरी होटल व्यवसाय,पर्यटन,यातायात,कृषि,उधोग,व्यापार,शिक्षा,स्वास्थ्य,पूर्वाधार आदि क्षेत्रमा  लगानी गरेको क्षेत्र आज किन आर्थिक संकटको समस्यामा गए भन्ने गहन प्रश्न तेर्सिएको छ ।  यिनै वित्तिय क्षेत्र कुनै समय सवैका सारथी हुँदा कोभिडको समयमा समेत मौद्रिक नीति मार्फत दिएका सुविधा, छुट आदि विभिन्न व्याकेज सुविधा  समेत दिएर पनि होला त्यस बखत समग्र बैंकिग क्षेत्र नै नाफा भएको देखिन्छ । कर्जाको मुख्य स्रोत नै निक्षेप रहेको हुँदा समयमा कर्जाको किस्ता व्याज तिर्नको लागि मौखिक तथा लिखित रुपमा ताकेता बैंकले बैंकिग ऐन, विनयममा नै टेकेर शर्त बमोजिम गरिएको होला तर आज किन बैकिंग क्षेत्र प्रति कर्जा नतिर्ने उद्घोष र तिर्नेलाई खवदारी गर्नु , समुह बनाएर आन्दोलन गर्नु, अनावश्यक अर्नगल आक्षेप,कर्मचारी माथि सांकेतिक डर ,त्रास, दुव्र्यवहार गर्नु ,बैकं नै बन्द गर्नु आदिले गर्दा बैंकिग क्षेत्र प्रतिको समस्या उदारिएको छ । हाल बैंकको नाफा घटनु, तरलताको समस्या, माग गरिए अनुसार कर्जा वितरण नहनु, कर्जा चक्रमा खलबल हुँदा खराव कर्जा बढनु, जुन अघिल्लो आ.व.मा  ९ हजार पाँच सय ५० क्रृणी कालोसुचीमा रहदा हाल फागुन मसान्त सम्म आउदा २२ हजार १८१ क्रृणी कालो सुचीमा पर्नु यि यावत तथ्यले पनि बैकिङ्ग क्षेत्रको खस्कदो अवस्था देखाउदछ ।  सवै भन्दा ठुलो हिस्सा बैकिंग क्षेत्रको रहेको हुँदा यस क्षेत्रमा समस्या आउदा आज घर जग्गा कारोवारमा समेत मन्दी आउनुले पनि वित्तिय क्षेत्रमा बढदै गएको वितिय अस्थिरताको संकेत गर्दछ । बैकिंग क्षेत्रमा आएको संकटको कारण निम्न अनुसार रहेका छनः

*             कोभिड अर्थतन्त्रका कारण थलिएको अर्थव्यवस्था

*             बैंकिगं क्षेत्रमा आएको तरलता समबन्धी समस्या सगै अस्वस्थ प्रतिस्पर्धा बढनु

*             अनुत्पाादक क्षेत्रमा गरिएको लगानी सगै खराव कर्जाको अनुपात बढदो

*             निश्कृय कर्जा औषत अघिल्लो वर्ष १.३१ प्रतिशत रहेको हाल सम्म २.६३ प्रतिशत पुगेको छ ।

*             निक्षेपकको व्याजदर सगै कर्जाको व्याजदर उच्च रहनु आधर दर नै १०.७२ प्रतिशत हुनु र पुर्नकर्जाको दुरुपयोग बढनु

*             लक्षित बर्गमा भन्दा सिमित व्यक्तिको हातमा कर्जा प्रवाह बढनु

*             नियमनकारी निकायको भूमिका आवश्यकता अनुसार मौद्रिक नीति बन्न नसक्नु

*             माग अनुसार कर्जा प्रवाह नहुदा अन्य क्षेत्रमा शिथिलता आउनु

*             वितिय साक्षरताामा कमि, आकसिदो मुद्रास्फती

*             मौद्रक र वित्तिय निति बिच तालमेल हुन नसक्नु

 

२. शहकारी क्षेत्रः

नेपालले लिएको तिन खम्बे अर्थ नीतिमा सहकारी क्षेत्रलाई एउटा खम्बाको रुपमा लिईएको छ । सहकारी संस्थाहरुले उपलव्ध स्थानिय श्रोत र साधनको उपयोग गर्दै आर्थिक र सामाजिक माध्यमबाट मानिसहरुको हैसियत अनुसार बचत गर्ने बानीको विकास गर्दे शेयर सदस्यलाई आवश्यकता अनुसार कर्जा प्रवाह गरी आय आर्जनका कार्यक्रम मार्फत लक्षित बर्गको जिवनस्तर उकास्नका लागि एकका लागि सवै र सवैका लागि एक हौ भन्ने अभियानको साथ सहकारी सिदान्त र मुल्य मान्यतामा आधारित भई सञ्चालित भएको गैर बैकिङ क्षेत्र हो । नेपालमा ४० हजार भन्दा बढि सहकारी संस्था रहेको क्षेत्रमा ७३ लाख सदस्य,९० हजार प्रत्यक्ष रोजगारी दिएको यस क्षेत्र पछिल्लो समय निक्षेपकर्ताले आफुलाई आफनो आवश्यकता अनुरुप रकम लिन जादा मागे अनुसारको रकम नपाउनु, माग गरिए अनुसार सहकारीको नियम अनुसार कर्जा प्राप्त गर्न नसक्नु, केही सहकारी बन्द हुनु, सञ्चालक व्यक्तिहरु फरार हुनु र सहकारी संस्थामा जनमानसको विश्वास गुम्दै जानु सहकारी संस्थामा पनि आर्थिक संकटको अवस्था क्रमश बढदै गएको मानिन्छ । हाल ७ अर्व बराबरको पैसा सहकारी संस्थाहरुले सहभागीहरुको निक्षेप रकम दिन सकेको छैन भन्ने तथ्य आएको छ । यसो हुनका पछाडी यसका केही प्रमुख कारणहरु रहकेका छन ः

*             सहकारी संस्थाहरुको नियमन र सुपरिपेक्षण संरचना प्रभावकारी बन्न नसक्नु

*             सञ्चालक समिति,व्यवस्थापन तहमा सिमित मानिसहरुको दवदवा सगै धेरै व्यक्तिमुखि र परिवारमुखि हुनु

*             खराव कर्जा बढनु

*             लगानी व्यवस्थापन अत्यान्तै फितलो हुनु बढि घर जग्गामा नै केन्द्रित रहनु

*             सहकारी सिदान्त र मूल्य मान्यता विपरित उन्मुख बन्दै जानु

*             बैंक तथा वितिय संस्थाको उच्च व्याजदरको कारण कर्जा लागत नै उच्च रहनु

*             लेखा परिक्षण प्रणाली र आन्तरिक लेखा परिक्षणलाई प्रभावकारी र सुर्दण गर्न नसक्नु

*             उच्च क्रृणको माग र तरलताको समस्या सगै सरकारी लगानीमा दवाव आउनु

*             अनुत्पादक क्षेत्रको लगानी सगै नाफामुखि व्यवसायमा केन्द्रित रहनु

*             आर्थिक तथा वित्तिय अनुसासनका घटना धेरै हुँदा निक्षेपकर्ताको निक्षेपमा समस्या आउनु

*             कृषि र उत्पादनमा आधारित सहकारी संस्था बन्न नसक्नु

३.लघुवित्त संस्थाहरुः

नेपालको सामाजिक तथा वित्तिय क्षेत्रमा हिजो आज लघुवित्तको निकै चर्चा परिर्चचा हुने गरेको छ । नेपालको ग्रामिण तथा पछाडिएको बर्गका मानिसहरुलाई रोजगारीका अवसर सृजना गर्दै आय आर्जनको माध्यमबाट जिवनस्तर उकास्दै जिवन यापनमा सहज गर्दै गरिवी निवारण महिला सशक्तिकरण र वित्तिय पहँच पु¥याउने प्रमुख उदेश्यका साथ स्थापित भएका हुन्छन । नेपालमा ४२ प्रतिशत जनसंख्या गरिविको रेखामुनी अझै पनि रहेको हुँदा नवौ योजनाले गरिवीलाई न्यूनिकरण गर्नका लागि सरकारले लघुवित्त कार्यक्रमलाई अघि सारेको थियो । नेपालमा ६५ वटा लघुवित्त संस्थाहरु बाट वित्तिय सेवा निम्न र लक्षित बर्गलाई विशेषत ग्रामिण क्षेत्रमा सेवा प्रदान गरि रहेका छन । यधपी वितिय पहुच बढाउने लघुवित्तको अभिभारा बोकेर अघि बढिरहदा विधमान समयमा आज लघु वित्तिय संस्थाहरुमा माथि नै दवाव र अराजक गतिविधी बढदै गएको छ भने लघुवित्तमा देखिएको समस्याका सम्वन्धमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा यिनै विषयले भरिएका छन । जँहा काम गर्ने कर्मचारीहरुमा असुरक्षा बढदै गईरहेका छ , वित्तिय अनुसासनका नियमहरु भंग हुदै गईरहेका छन, जन मानसमा लघुवित्तको विश्वास घटदै जानुले पनि लघुवित्तमा भएको विकृतीलाई उजार गर्दछ । लघुवित्त संस्थाहरुले आफनो सामाजिक पाटोलाई भुलदै जाँदा र बढि नाफाको उदेश्यमा परिचालित हुदा, कर्जा सुचनाको अभावले गर्दा एउटै व्यक्तिले धेरै संस्थाबाट कर्जा प्रवाह लिने,  लिएको कर्जा भुक्तानीमा समयमा नहुनु, अनावश्यक प्रयोजनमा कर्जा प्रवाह गरिदा खराव कर्जा बढदै जानुले  पनि लघुवित्त संस्थाहरुमा संकटको बाटो तर्फ उन्मुख हुदै गईरहेका छन । आज समाजमा निम्न वर्गको जिवनस्तर उकास्नका लागि र वितिय पँहुच पुयाउने उदेश्य बाट खोलिएका संस्थामा वित्तिय समस्याहरु बढदै गएका छन । नेपालमा लघुवित्तमा करिव ६० लाख नागरिक लाई बैंकिङ्घ पहुँचमा समेटी  १ खर्व ६४ अर्व  ५९ लाख मानिसलाई सदस्य बनाई ३३ लाख सदस्यलाई कर्जा प्रवाह गरी व्यवसाय उधमका सारथीे बनेको यस क्षेत्रमा हाल देखिएको वित्तिय समस्याका प्रमुख कारणहरु देहाय बमोजिम रहेका छनः

*             राष्ट्र बैंकले लिएको उदार इजाजत नीतिका कारण छोटो समयमा आवश्यकता भन्दा बढि लघुवित्त संस्थाहरुको स्थापना

*             नियमनकारी निकायको प्रभावकारीता हुन नसक्दा वितिय सुसासनको उलंग्न हुनु

*             कर्जा सुचना केन्द्र सग आवदता गर्न नसक्दा एउटै सदस्यले एकल कर्जाको सिमा भन्दा बढि कर्जा प्रवाह हुनु

*             विना धितोमा कर्जा प्रवाह हुनु

*             सेवामुखि भन्दा पनि नाफामुखि बन्दै जानु

*             अनावश्यक अनुउत्पादन क्षेत्रमा कर्जाको प्रवाह भई खराव कर्जा ६५  प्रतिशत बढनु

*             आन्तरिक लेखा प्रणाली व्यवस्थित र प्रभावकारी नहुदा समस्या

*             वितिय साक्षरताको कमि हुदा कर्जाको गुणस्तरमा गिरावट

*             बैकिगं क्षेत्रमा आएको तरलता सगै कर्जाको व्याजदर उच्च हुनु

*             आवश्यकता अनुसार वित्तिय संरचनामा ध्यान दिन नसक्नु

*             लघुवित्तिय संस्थाको र्मम र सिदान्तमा चल्न नसक्नु

४. पुजी बजारः

विश्व अर्थतन्त्रमा आएको मन्दी सगै नेपालको पुजी बजार प्रभावित भएको छ । नेपालको पुजी बजारको विकास सगै लगानीकर्ताहरुको हित संररक्षण गर्न , निस्काशन,खरिद विक्री ,वितरण तथा विनियमलाई व्यवस्थित बनाई धितोपत्र बजार र यस व्यवसायमा संग्लन व्यक्तिहरुको काम कारवाहीलाई व्यवस्थित तथा नियमित गर्ने उदेश्यका साथ नियामकको भुमिका रहेको हुन्छ । नेपालमा २४६ कम्पनीहरु नेप्सेमा सुचीकरण रहेका छन । नेपालको पुजी बजार अन्तर्गत शेयर बजार ,डेरिभेटिक बजार पर्दछन । जसले  बैकिंग प्रणालीको अत्तिरिक्त पुजीँ परिचालन गर्दै राज्यको आर्थिक क्षेत्रमा गतिशिलता प्रदान गर्दै बैकिगं प्रणालीमा परिपुरक भई  आवश्यकता अनुसार लगानीको लागि सहज माध्यम बन्दै राज्यको आर्र्थिक बृद्घि र विकासमा महत्वपुर्ण योगदान रहेको हुन्छ । कोवड–१९को समय पछि नेपालको शेयर बजार ३२०० अंक पुग्दा १० अर्व भन्दा बढिको कारोबार भएको बजार पछिल्लो समय शेयर बजार १८०० को बिन्दु सम्म आउनु, औषत कारोबार २ अर्व सम्म नहुदा बजारमा आएको पहिरोले लाखौ लगानीकर्ताहरुले खर्वौ रकम शेयर बजारबाट गुमाएका छन यस तथ्यलाई हेर्दा पनि नेपालको पँुजी बजारमा संकट यस तथ्यबाट आएको छ भनेर भनि रहनु नर्पला । शेयर बजारको नियम अनुसार बजार बढने र घटने नियम भएता पनि हाल पुँजी बजारमा आएको गिरावटले देशको अर्थतन्त्रमा धरासयी बन्दै गएको त होइन भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । हुनत बैकिंग क्षेत्र,लघुवित्त संस्था,सहकारी संस्थाहरुमा देखिएको आर्थिक समस्या आउनुका कारण नै पुजी बजारको इन्डेक्स घटनुका कारण मानिन्छ । नेपालको पुजी बजारको अवस्थाले राष्ट्रको अर्थतन्त्र इकिंत गर्ने हुँदा हालको बजारको ग्राफ क्रमश घटदै आउनुले पनि पुँजी बजारमा समेत संकट रहेको छ भन्ने कुरामा दुई मत नहोला यसो हुनका कारणहरु निम्न छन ः

*             तरलताको समस्याले गर्दा माग अनुसारको सहज कर्जा उपलब्ध नहुनु

*             व्याजदर उच्च रहदा लगानीकर्ता शेयर बजार भन्दा अन्य लगानीका अवसर तिर उन्मुख रहनु

*             राजनैतिक अस्थिरतामा बारम्बार शेयर बजारमा प्रभावित पर्नु

*             बैंक तथा लघुवित्त सहकारी संस्थामा आएको मन्दी र विकृती

*             राष्ट्र बैंकले लघुवित्त संस्थाको सम्वन्धमा ल्याइएको नीति

*             बैंकको व्याजदरमा बृद्घि र सुनको मूल्यका आएको उच्च दर

*             नियमनकारी निकायको प्रभावकारी सुपरिवेक्षण तथा अनुगमन छमता नहुनु

*             वित्तिय साक्षरताको कमि सगै पुर्ण रुपमा बजारलाई डिजिटल बेसमा सञ्चालन गर्न नहुनु

*             बाहय बैैदेशिक रोजगारमा गएको जनशक्तिलाई आवदता गराउन नसक्नु

*             इन्साइडर कारोबारको गलत र अस्वस्थ्य अभ्यास

*             डेरिभेटिक बजारको थप विकास हुन नसक्नु

*             बजारको संरचना सगै बजार विकासका पूर्वाधार बन्न नसक्नु

*             सुचीकृत कम्पनीको विविधिकरण थप गर्न नसक्नु

*             लगानीकर्ताहरुको बजार प्रतिको मनोबैज्ञानिक विश्वास घटनु

५. बीमा क्षेत्रः

बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिम बिरुद गरिने आर्थिक र सामाजिक सुरक्षा हो । मानिसको दैनिक जिवनमा विभिन्न प्रकारका जोखिमहरु रहेका हुन्छन जस्तै व्यक्तिको जिवन ,सम्पती ,रोजगारी ,स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाको लागी गरिने विभिन्न संयन्त्र मध्ये बीमा एक महत्वपुर्ण सयन्त्रको रुपमा रहेको हुन्छ । अन्य क्षेत्रको रक्षावरणको रुपमा रहेको वित्तिय क्षेत्र भनेको बीमा व्यवसाय हो । जसले अरुको जोखिम स्वीकार गरी अन्य क्षेत्रलाई सुरक्षा प्रदान गर्दछ जुन अन्य वित्तिय क्षेत्र भन्दा पृथक विशेषता रहेको हन्छ । जुन अरु जस्तो सजिलै आफुले जुन सुकै समयमा आवश्यकता अनुसार खरिद गर्न पाइन्न जसका आफनै नियम र सिदान्त रहेको हुन्छ जुन बीमक र बीमीतका विचमा कानुनी करारमा निर्देशित हुन्छ । बिशेष गरी सहकारीताको सिदान्तमा आधारित हुन्छ जसमा धेरैको योगदानबाट दावीको क्षति थोरैलाई भुक्क्तानी गर्ने गरिन्छ । नेपालमा बीमा व्यवसाय जिवन, निर्जिवन र पुर्नबीमा गरी ३ प्रकारमा विभाजन गरिएको छ । नेपालमा १७ जिवन बीमा,१६ निर्जिवन कम्पनी र २ पुर्नबीमा कम्पनी र एक नियामक निकायको रुपमा रहेको यस बीमा क्षेत्रमा हाल बीमा क्षेत्रमा समेत आर्थिक मन्दी देखिएको छ । नेपालको आर्थिक अवस्थामा नै अस्थिरता आईरहदा मानिसहरुले आफनो  बचत रकम लाई दैनिक जिविका चलाउनको लागि खर्च गर्ने गर्दछन । जसले गर्दा बीमा प्राथमिकता क्रममा नपरने हुँदा बीमा व्यवसायमा ह्रास पछिल्लो समय आएको पाइन्छ । बैंक तथा वित्तिय संस्था हरुमा कर्जा प्रवाह रोकिदा ,एलसी कारोवारको प्रर्कयामा परिर्वतन गरिदा निर्जिवन बीमा व्यवसायमा कमि आएको छ । बीमा अनिवार्य र बाध्यतमक परिस्थितिमा मात्र गर्ने अवस्थामा बीमीतहरु पुगेको पाइन्छ । विधमान वित्तिय प्रणालीमा आएको समस्याले गर्दा समग्र बीमा बजारमा समेत मन्दी आउन थालेको छ । नेपालमा अझ कोविड बीमाको दावी भुक्तानी हुन नसक्नु र नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमालाई व्यस्थित र प्रभावकारी ढगंबाट सञ्चालन प्रवाह हुन नसक्दा बीमीतको विश्वास बीमा प्रति घटदै जानुले पनि बीमा व्यवासयको बजार घटेको छ । नेपालको बीमा व्यवसायमा  संकट आउनुका कारणहरु देहाय अनुसार रहेका छनः

*             बैंक तथा वित्तिय संस्थामा भएको तरलताको समस्या

*             व्यापार व्यवसाय ठप्प हुदा बीमीतले तिर्ने बीमा शुल्कको बाटो नै बन्द भएको छ ।

*             बीमा शुल्क तिर्न नसक्दा चालु आ.व को ८ महिनामा ९ अर्व बराबरको पोलिसी सरेन्डरको बाटो रोज्नु

*             बचतको धेरै हिस्सा आफनो जिविका चलाउनको लागि उपभोगमा खर्च गरिनु

*             बैंकको कर्जा प्रवाह रोकिनु

*             कोविड बीमा दावी बापतको रकम भुक्तानी नहनु

*             अस्वस्थ्य प्रतिस्पर्धा बढनु, बीमा आवश्यकता अनुसार संरचना निमार्ण हुन नसक्नु

*             नियामक निकायको नियमनकारी र सुपरिवेक्षण छमतामा कमि

*             आर्थिक अवस्था अनुसारको बीमा पोलिसीहरु बनाउन नसक्नु

*             बीमा अनिवार्य भए मात्र गर्ने परिपाटिको विकास बन्नु

*             संस्थागत सुसासनको कमि हुनु

*             दावी भुक्तानीमा भएको समस्याले जनमानसमा दुविधा आउनु

*             भविष्यमा बीमाबाट दिने प्रतिफल भन्दा अन्य धेरै सुविधा दिने आर्थिक योजनाहरु बाट बीमीत प्रभावित हुनु

*             उधोग धन्दाको उत्पादन तथा सञ्चालनमा ह्रास आए पछि बीमा प्रिमियमामा संकलनमा कमि

बीमा क्षेत्रले नेपालको वित्तिय संकट समाधानका लागि यस क्षेत्रले निभाउन सक्ने भुमिकाहरुः

*             बैंक तथ वित्तिय संस्थाहरु दारा प्रवाह हुने कर्जाको अनिवार्य बीमा गराउने

*             सरकारले अनुदान सहयोग सुविधा भन्दा पनि बीमा योजना मार्फत आम नागरिकलाई जोडन सके सरकारको व्यभारमा कमि पर्न हुने थियो ।

*             लिक्षित विपन्न बर्ग,क्षेत्रलाई लघु बीमा मार्फत सुरक्षित गरेरे

*             सार्वजनिक सेवा सगै बीमालाई जोडन सकमो जस्तै घरको नक्सा पास गर्दा नै घरको बीमा गराउने जस्ता कार्य गर्नु पर्ने

*             बीमीतलाई सरेन्डर गर्नु भन्दा धितोमा राखेर कर्जाको स्वरुप र दरमा सहुलियत दिई कर्जाको विकल्प बीमीतलाई दिएर

*             वित्तिय साक्षरता बढाउदै स्थानिय तह सम्म बीमाको कार्यक्रम गरेर

*             बीमा बजारका सेवाहरुलाई डिजिटलाइजेसन प्रणाली मार्फत एकिकृत गरेर

*             बीमाका अन्तराष्ट्रिय अभ्यास प्रचलन अनुसार बीमा पोलिसी तयार गरेर

*             लघुविमा, कृषि बीमा लाई व्यवस्थित गर्दै बीमाको क्षेत्र फराकिलो बनाई

*             सरकारी सम्पत्तिहरुको बीमा गराउने परिपाटीको विकास गरी

*             हरेक व्यवसायीक कृयाकलापहरुलाई बीमा सँग आवदता गराई

*             आर्थिक अवस्था अनुसार बीमालेख तयार गरी आवश्यकता अनुसार छुट सुविधा दिने योजनाहरु तयार गरेर

*             संस्थागत सुसासनलाई व्यवस्थित गराउदै कर्जा सुचना केन्द्रको स्थपना गरी कर्जा प्रवाहलाई व्यवस्थित गरी

*             संकलित प्रिमियमलाई बैंकको मुदतीमा मात्र समित नगरी लगानी विविधिकरणमा जोड गरी

*             सवै बीमा कम्पनीहरुको बीमा लेख समान प्रकृतीको हुँदा समय अनुसारका बीमा योजनाहरुको प्रवर्दन गरी

*             बीमाको दावी भुक्तानी र नेपाल सरकार मार्फत अनुदानमा गरिएको बीमाको भुक्तानी समयमा गराएमा तरलतामा थप टेवा पुग्ने

*             जिवन बीमा पोलिसीमा ग्रेस पिरियड थप गरी रिवेट सुविधा दिएर

*             निर्जिवन बीमीतलाई कोभिडको समय जस्तै विभिन्न प्याकेज दिएर

*             छमताको आधारमा बीमा गराउने अभ्यासको विकास गरी

*             कृषि बीमामा दावी र क्षतिपुर्तीको सुनिश्चित गर्दै कृषि क्षेत्रलाई सुरक्षित गराई

निश्कर्षः

नेपालमा धेरै समय पछि हाल देखिएको वित्तिय समस्याले नेपालको वित्तिय प्रणालीमा संकट जन्मिएको छ । जसमा केही बाहय विश्व अर्थतन्त्रका प्रभावका बाछिटाहरु हुन भने केही हाम्रा आफनै आन्तरिक कारणले गर्दा वित्तिय समस्या देखिएका छन । विशेषत नेपालको राजनैतिक प्रणालीको पनि दोष रहेको छ ।  हाल नेपालमा गणतन्त्र सम्म आउदा  १५ वर्षमा १७ वटा सरकार परिवर्तन सगै ११ अर्थमन्त्री हेरफेर हुनु जस्ता तथ्यले आफै पुष्टि गर्दछ । भने विकसित राष्ट्रमा सरकार परिर्वतन भए पनि जुनसुकै दलको सरकार बने पनि राम्रो कामले सधै निरन्तरता पाउदछ भने नेपालमा यस प्रकारको वातवरण बन्न नसक्नु पनि आर्थिक अस्थिरताको कारण मान्न सकिन्छ । कोविडको समयमा समेत राम्रो भएको अर्थतन्त्र किन पछिल्लो समय प्रभावित बन्यो भन्ने प्रश्नको उत्तर खोजी गर्नु पर्ने समय आएको छ । मन्दीलाई व्यापार चक्रको रुपमा हेरिन्छ यथपी मौद्रिक तथा वित्तिय क्षेत्रको सन्तुलन बिग्रदा देशमा मन्दीको अवस्था सृजना हुन्छ । हाल आएको वित्तिय संकटको तरगं अमेरिकी राष्ट्र हुदै यरोप एशियाका धेरै देश हरु यसको चपेटा परिरहदा नेपालको वित्तिय प्रणालीमा पनि संकट आएको छ । जसको समाधान गर्ने दायित्व हामी सवैको हुन जान्छ । सरकार राजनैतिक जोड घटाउमा मात्र केन्द्रित हुनु भन्दा अवको मौद्रिक र वित्तिय नितिलाई सन्तुलन कायम गर्दै देशमा रोजगारीका अवसर सृजना गर्दै, आन्तरिक उत्पादन बढाउदै, उधोग धन्दा व्यापार व्यवसाय र उधमशिलताको प्रर्वदन गर्दै, आयतमुखि भन्दा पनि उत्पादन र निर्यातमुखी अर्थतन्त्रका पूर्वाधार निमार्ण गर्दै बैंक तथ वितिय संस्थाहररुको भौतिक शाखा विस्तार भन्दा डिजिटल प्रविधिको प्रयोग गरी शाखा रहित  बैकिगं पहुचको सेवा पु¥याउन सके ,कर्जा लागत घटाउने, कर्जा प्रवाहको प्रवति र प्रकतीमा आमुल परिर्वतन ल्याउने, कर्जा सुचनालाई व्यवीस्थत बनाउने वितिय साक्षरताको प्रवर्दनमा जोड दिने , वितिय अनुसासन विपरित कार्य गर्ने व्यक्ति समुहलाई कारवाही गर्ने यदि समयमा नै यिनै काम नहुने हो भने सवै क्षेत्र प्रभावित हुने हुँदा जसले वित्तिय अस्थिरता जन्माउदछ । त्यसैले विधमान समस्या समाधानका उपयाहरु खोजी गरिनु पर्दछ नत्र भने यसले नेपालको अर्थतन्त्रमा रहेको इको सिस्टमको चेन व्रिगन गई छाँया अर्थतन्त्रको बृद्दि सगै नेपालको अर्थतन्त्र अध्यारो तर्फ धकिलिदै गईरहेको छ  । यसो हुँदा समयमा नै नेपाल सरकार र सम्वद्घ सरोकारवाला पक्ष सग सहकार्य र आवश्यक गृहकार्य गरिएन भने नेपालको अर्थतन्त्रमा आर्थिक संकटको गहिराई झन नबढला भन्न सकिन्न ।

(सुदर्शन बस्नेत राष्ट्रिय बीमा कम्पनीको सहायक व्यवस्थापक पदमा कार्यरत छन् । उनको यो लेख नेपाल धितोपत्र र्बोडको ३१ औं वार्षिक उत्सव २०८० मा प्रकाशित भएको थियो ।)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS