SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल लाइफका कर्मचारीको बदमासी, बीमितलाई थाहै नदिइ ‘पोलिसी लोन’ लिएर झ्वाम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले बीमितलाई थाहै नदिइ बीमालेख धितोमा राखेर कर्जा लिई फरार भएका छन् । कम्पनीको बानेश्वर शाखाबाट कर्मचारी सन्तोष झाले शाखा प्रमुख राजेश लाल कर्ण सँग मिलेर बीमितको बीमालेख धितोमा राखेर कर्जा लिएको पाइए पछि उनिहरुले नेपाल बीमा प्राधिकरणमा उजुरी दर्ता गरेका छन् ।

निवेदक दिर्घा माया कटुवालले बीमितहरु विष्णु कटुवाल, देव बहादुर कटुवाल र जित बहादुर कटुवालको तर्फबाट निवेदन दिएकी हुन् । निवेदकले लक डाउनको समयमा कम्पनीकै कर्मचारी सन्तोष झालाई विश्वास गरेर ७० हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको बताएकी छिन् । उनिहरुले अभिकर्ता तथा कर्मचारीहरुलाई विश्वास गरेर उक्त बीमा शुल्क भुक्तानी गरेका थिए । तर उक्त रकम उनिहरुको नाममा दाखिला नभएको पिडितको दाबी छ ।

Prabhu
Crest

तत्कालिन समयमा झा नेपाल लाइफको कर्मचारी थिए । अहिले उनि कर्मचारीबाट हटिसकेका छन् । झाले अभिकर्ता तथा शाखा प्रमुख कर्ण सँग मिलेर विष्णु कटुवालको पोलिसी नम्बर ११७००११३३, देव बहादुर कटुवालको पोलिसी नम्बर ११७००११२७ र जित बहादुर कटुवालको पोलिसी नम्बर ११७००११२६ बाट बीमालेख धितोकर्जा समेत पैसा लिएको पाइएको छ । यसरी बीमितलाई थाहै नदिइ बीमालेख धितोकर्जा लिएर आफुले भोगचलन गरेको पाइएको भन्दै उनिहरुले नेपाल बीमा प्राधिकरण समक्ष न्यायको ढोका ढकढक्याएका छन् ।

झाले उनिहरुको नयाँ दुई वटा बीमा गरिदिएको भन्दै अनुमति विनानै बीमितको आमा र बहिनालाई बोनस भनेर बीमा गरिदिएका थिए । शाखा कार्यालयबाट यति ठुलो अन्याय भए पछि उनिहरु कम्पनीको केन्द्रिय कार्यलायमा पुगेका थिए । केन्द्रिय कार्यालयबाट सहयोग तथा न्याय नपाए पछि बाध्य भएर प्राधिकरण पुगेका हुन् । अभिकर्ताले यति ठुलो गल्ती गर्दा पनि ‍नेपाल लाइफ यस्ता अभिकर्ताहरु तथा कर्मचारीलाई संरक्षण गरेर बसिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

18%

दु :खी

26%

अचम्मित

3%

उत्साहित

39%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS