काठमाडौं । बैंकहरूमा एकै दिन ७ अर्बले निक्षेप वृद्धि भएको छ । सोमवार वाणिज्य बैंकहरूमा एकै दिन ७ अर्बले निक्षेप वृद्धि भएको हो भने विकास बैंक र फाइनान्सको निक्षेपमा कुनै परिवर्तन भएको थिएन । त्यस्तै, सोही दिन कर्जा प्रवाह पनि ६ अर्बले वृद्धि भएको छ । जसमा वाणिज्य बैंकमा ५ अर्बले कर्जा प्रवाह वृद्धि भएको हो ।
सिडी रेसियो ८४ प्रतिशत भन्दा तलै रहेको छ । आइतवार ८३ दशमलव ९४ प्रतिशत रहेको सिडी रेसियो सोमवार ८३ दशमलव ९२ प्रतिशतमा आएको छ ।
अन्तर बैंक ब्याज दर भने सोमबार ५ प्रतिशत माथि पुगेको छ । अन्तर बैंक ब्याज दर अघिल्लो दिन ३ दशमलव ९५ प्रतिशत थियो ।