IME Life
Beema Board

बीमा सर्भेयर पेशा प्रति नयाँ सर्भेयरको वितृष्णा, १५२ जना लाइसेन्स नविरकण गर्नै आएनन्

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सर्भेयर पेशा प्रति नयाँ बीमा सर्भेयरहरुको वितृष्णा देखिएको छ । प्राधिकरणले सर्भेयर लाइसेन्स आह्वान गर्दा एकै पटक एक हजार भन्दा धेरैले आवेदन दिएका थिए । तर तिनै सर्भेयरहरु लाइसेन्स नविरकण गर्न अनकनाएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १५२ जना सर्भेयरहरुले लाइसेन्स नै नविरकण गराएका छैनन् । लाइसेन्स लिदा नै ८/९ हजार खर्च भइसकेको हुन्छ । तर काम पाउन गाह्रो छ । बजारमा स्थापित र नाम चलेका निश्चित सर्भेयरले बीमा कम्पनीले भने मुताविक काम गर्ने भएकाले नयाँले काम पाउने अवसर एकदमै कम छ । त्यसमा पनि बीमा कम्पनीहरुले सकेसम्म पुरानालाई नै बढि प्राथमिकता दिन्छन् । पुरानाको एक हदसम्मको सिण्डिकेटले गर्दा पनि नयाँ सर्भेयरमा वितृष्णा फैलिएको हो ।

Prabhu
Crest

सर्भेयरको वर्गिकरणका आधारमा नविकरण शुल्क निर्धारण गरिएको छ । पुरानो नियमावली अनुसार “क” वर्गको इजाजतपत्र भएका सर्भेयरले बाह्र हजार रुपैंयाँ, “ख” वर्गको इजाजतपत्र भएकाले नौ हजार रुपैयाँ, “ग” वर्गको इजाजतपत्र भएकाले सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भएकाले पाँच हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।

लाइसेन्स लिए पछि एउटा पनि काम गर्न नपाएका सर्भेयरले पुनः ५ हजार तिरेर लाइसेन्स नविकरण गराउन आनाकानी गरेका हुन् । कतिपय सर्भेयरले नेपाल छाडिसकेका छन् । कतिपयले विदेशमा गएर पनि लाइसेन्स नविकरण गराएका छन् ।

बीमा अभिकर्ता भन्दा सर्भेयर लाइसेन्स लिन धेरै गाह्रो छ । प्राधिकरणले लाइसेन्स खुला गरेको समयमा योग्यता पुगेका व्यक्तिले मात्रै आवेदन पाउछन् । त्यसमा पनि बीमा प्राधिकरणले सर्भेयरको लाइसेन्स ठुलो समयको अन्तरालमा आह्वान गर्ने भएकाले यसको आफ्नै महत्व छ ।

कुनै एउटा जागिर, पेशा वा व्यवसायमा रहेकाले पनि स्वतन्त्र पुर्वक सर्भेयरको काम गर्न पाउछन् । निर्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानीको लागि क्षति मूल्याङ्कनका गर्ने अनिवार्य रुपमा सर्भेयर खटाउनु पर्ने हुन्छ । त्यसैले कुनै पनि क्षतिको विज्ञका रुपमा सर्भेयरलाई लिइन्छ । तर बीमा कम्पनीहरुले नयाँलाई अवसर नदिदा उनिहरु पेशा व्यवसायबाटै बाहिरिनु पर्ने बाध्यात्मक अवस्था रहेको कतिपयको विश्लेषण छ ।

लाइसेन्स नविकरण नगरेका अभिकर्तालाई बीमा प्राधिकरणले यथासिघ्र लाइसेन्स नविकरणका लागि अनुरोध गरेको छ । यदि असार मसान्त भित्र लाइसेन्स नविकरण नगरेमा खारेज हुने भएकाले अन्तिम मौका नछुटाउन समेत प्राधिकरणले आह्वान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS